८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सर्लाहीमा एमाले र कांग्रेस पार्टी कार्यालयमा आगजनी

२४ भाद्र २०८२, मंगलवार १४:११

काठमाडौँ | सर्लाही सदरमुकाम मलङ्गवामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसका जिल्ला पार्टी कार्यालयमा आगजनी तथा तोडफोड गरिएको छ ।

आन्दोलनकारीको प्रदर्शनका क्रममा आज बिहानदेखि मलङ्गवामा भइरहेको प्रदर्शनका क्रममा दुवै पार्टीको कार्यालयमा तोडफोड तथा आगजनी गरिएको छ । आज बिहानदेखि प्रदर्शन जारी रहेको मलङ्गवामा पार्टी कार्यालयहरुमा आगजनी भएको प्रहरीले जनाएको छ । प्रदर्शनकारीले मलङ्गवा नगरपालिका–३ मा रहेको एमालेको जिल्ला पार्टी कार्यालय र मलङ्गवा–८ मा रहेको नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयमा आगजनी गरेका हुन् ।

आगजनीका क्रममा पार्टी कार्यालयभित्र रहेका सोफा, टेबल, कुर्सीलगायतका सामग्री जलाइएको र तोडफोड गरिएको छ । स्थिति नियन्त्रणमा लिन अहिले मलङ्गवा क्षेत्रमा उल्लेख्य सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सरकारी कार्यालयहरुमा समेत विशेष सुरक्षा व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले जानकारी दिनुभयो । सर्लाहीमा अहिलेसम्म कुनै पनि अप्रिय घटना नभएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ