२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

उपमहानगरको गाडी जलेपछि युवाले उठाउन थाले फोहर

२०८२, ३० भाद्र सोमबार १४:०६

काठमाडौँ | दाङको तुलसीपुर उपमहानगरपालिकाको फोहर फाल्ने गाडीमा आगजनी भएर फोहर नउठेपछि युवाहरुले उठाउने अभियान थालेका छन् ।

तुलसीपुरका दुई युवा भूपेन्द्र वली र प्रकाश भण्डारीले बजारमा व्यापक फोहर भएपछि यो अभियान थालेको बताउनुभयो । “उपमहानगरपालिकाको गाडी जलेको छ, त्यसैले फोहर उठेको छैन”, वलीले भन्नुभयो, “फोहर नउठेपछि बजार नै दुर्गन्धित हुन थाल्यो, त्यसैले हामीले यो अभियान थालेका हौँ ।” उपमहानगरपालिकाले फोहर उठाउन सुरु नगर्दासम्म आफूहरुले यो अभियान थाल्ने वलीको भनाइ छ । उपमहानगरपालिकासँग समन्वय गरेर यो कार्य गरिएको उहाँको भनाइ छ । दुई कर्मचारी राखेर यसरी फोहर उठाउन थालिएको हो ।

समाजलाई अफ्ठेरो पर्दा युवाले यस्ता अभियान सुरु गर्नुपर्ने भन्दै ट्याक्टर भाडामा लिएर भए पनि यो अभियान सुरु गरेको उहाँको भनाइ छ । जेनजीको प्रदर्शनका क्रममा उपमहानगरपालिकाको फोहर फाल्ने गाडीसमेत जलेको थियो । जसले गर्दा एक हप्तादेखि तुलसीपुर बजारभित्रको फोहर उठ्न सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा