२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

वडाअध्यक्षबाटै गाउँपालिका कार्यालयमा तालाबन्दी, यस्तो छ कारण ।

२०७४, ४ आश्विन बुधबार १५:२९

लोकेन्द्र प्रशाद जोशी | असोज ४, दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । गाउँपालिकाको केन्द्र सार्ने निर्णयको विरुद्ध गाउँपालिकाको कार्यालयमा जनप्रतिनिधि सहित तीन शीर्ष दलका प्रतिनिधिहरुद्धारा तालाबन्दी गरिएको हो ।

नौगाढ गाउँपालिका वडा नम्बर ६ बाट निर्वाचित वडाअध्यक्ष गोरे धामी, नेपाली कांग्रेस, नेकपा एमाले तथा नेकपा माओबादी केन्द्रका प्रतिनिधिहरुद्धारा हस्ताक्षरित विज्ञप्ती मार्फत् गाउँसभाले गरेको केन्द्र सार्ने निर्णयको विरोध स्वरुप तालाबन्धी गरीएको उल्लेख छ । स्थानिय तह केन्द्र निर्धारण गर्ने बेला नौगाढ ५ सौकेबगर निर्धारण गरिएकोमा अहिले गाउँसभा सदस्यहरुको बहुमतबाट गाउँपालिकाको केन्द्र नौगाढ ५ होपरीगाढ सार्ने निर्णय भएकोमा यसको विरुद्धमा वडा नम्बर ६ का प्रतिनिधि सहित शीर्षदलले कार्यालयमा तालाबन्दी गरेको गाउँपालिकाका कार्यकारी अधिकृत मोहनसिँह धामीले बताउनु भयो ।

तत्काल गाउँपालिकाको केन्द्र सार्ने निर्णय नसच्याइए संघर्ष र आन्दोलन गर्ने चेतवानी वडाध्यक्ष सहित रानीतिकदलका प्रतिनिधिहरुको छ ।

उता गाउँपालिका अध्यक्ष प्रेमसिँह धामीले भने गाउँपालिका कार्यालयमा तालाबन्दी गर्नेबेला कुनै सल्लाह नगरी अस्वभाबिक कदम चालेको प्रति दुःख व्यक्त गर्नु भयो । जनताहरुलाई सहज सेवा सुविधा प्रदान गर्नुपर्ने बेला तालाबन्दी, आन्दोलन जस्ता असमाजिक कार्य गर्नुको कुनै औचित्य नहुने गाउँपालिका अध्यक्ष धामीको प्रतिक्रिर्या छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी