<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... <"/>
२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रचण्डको चुनाव क्षेत्रमा मेयर जितेपछि माओवादीले यसरी मनायो खुसियाली (फोटो फिचर)

४ आश्विन २०७४, बुधबार १६:१५

असोज ४, सिरहा | नेकपा माओवादी केन्द्रले सिरहाको कर्जन्हा नगरपालिकाबाट खाता खोलेको छ । कर्जन्हा नगरपालिकाको मेयर र उपमेयर दुवैमा माओवादी केन्द्रले विजयी भएको छ । 


माओवादी केन्द्रका मेयर पदका उम्मेदवार गंगा पासवानले ४ हजार ३ सय ९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रामदयाल महतोले ३ हजार एक सय ९० मत प्राप्त गरेको कर्जन्हाका निर्वाचन अधिकृत सुबर्णमान बनेपालीले बताए ।  


उपमेयरमा पनि माओवादी केन्द्रकै ज्ञान कुमारी श्रेष्ठ निर्वाचितचित भएकी छिन् । श्रेष्ठ ४ हजार ३ सय १६ मत प्राप्त गरी निर्वाचित भएकी हुन् । श्रेष्ठकी निकटमत प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार अन्जुकुमारी राईले २ हजार ९ सय ४५ मत प्राप्त गरेकी छिन् । 

कर्जन्हा नगरपालिकाको वडा २ र ६ मा मात्र एमालेका उम्मेदवार विजयी भएका छन् भने अन्य सबै वडा अध्यक्षमा माओवादी केन्द्र नै विजयी भएका छन् । 

१५ हजार ७ सय ७४ मतदाता रहेको यो नगरपालिकामा १२ हजार १ सय ६२ मत खसेको थियो । 

विजयी घोषणासंगै बिजयी जुलुस पनि अहिले नै निकालिएको छ ।


को हुन पासवान ? 


नाम– गंगा पासमान

ठेगाना– कर्जन्हा नपा –६

उमेर– ३५

शिक्षा– समान्य लेखपढ

सन्तान– ३ छोरी, १ छोरा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य