१० कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२ नम्बर प्रदेशको एकमात्र महानगर बिरगंजको ताजा मत परिणाम, ७ मतले राजपाको अग्रता

५ आश्विन २०७४, बिहीबार ०४:०१

असोज ५, बिरगंज | २ नम्बर प्रदेशको स्थानीय तह निर्वाचनको मतगणना जारी छ । हालसम्म कुनैपनि नगरपालिका, उपमहानगर र महानगरको नतिजा भने आइसकेको छैन । अहिलेसम्मको मतपरिणाम अनुसार राजपा सबैभन्दा अगाडी, कांग्रेस दोश्रो र संघिय समाजवादी तेश्रो स्थानमा छन् । त्यस्तै माओवादी चौथो स्थानमा छ भने एमाले र लोकतान्त्रिक फोरम क्रमश पाँचौं र छैटौं स्थानमा छन् ।

कस्तो छ बिरगंजको पछिल्लो मत परिणाम ?

दुई नम्बर प्रदेशकै एकमात्र महानगर वीरगञ्जमा राजपा नेपालले अग्रता कायम गरेको छ । पछिल्लो मतपरिणाम अनुसार राजपाका तर्फबाट वीरगञ्जमा मेयरका उम्मेदवार राजेशमान सिंहले २४०९ मत प्राप्त गरेर अग्रता कायम गरेका छन् । सिंहलाई नेपाली कांग्रेसका उम्मेदवार अजय द्विवेदीले पछ्याइरहेका छन् । द्विवेदीले अहिलेसम्म २४०२ मत प्राप्त गरेका छन् । राजपा र कांग्रेसबीच ७ मतले मात्र अन्तर देखिएको छ ।  त्यस्तै उपमेयरमा भने फराकिलो मतले कांग्रेसको अग्रता छ । कांग्रेसकि उम्मेदवारले बिरगंजमा २७०९ मत पाउँदा राज्पाकी उम्मेदवारले २२०८ मत मात्र पाएकी छन् । 

त्यस्तै तेश्रो स्थानमा रहेको संघीय समाजवादी मेयर पदमा १६४६ मात ल्याउँदैगर्दा उसको पछाडी रहेको माओवादी केन्द्रले १३७० मत पाएको छ । त्यस्तै उपमेयर पदमा संघीय समाजवादीले १६४५ मत जोड्दा माओवादी केन्द्रले ९८९ मत पाएको छ । 

त्यस्तै पाँचौ स्थानमा रही माओवादीलाई पछ्याएको एमालेले एमाले मेयरमा १२३३ र उपमेयरमा १४३८ मत पाएको छ भने छैटौं स्थानमा रहेको लोकतान्त्रिक फोरमले मेयर पदमा ७१५ र उप मेयर पदमा ५७९ मत पाएको छ । 

पछिल्लो मत परिणाम – वीरगञ्ज महानगरपालिका (पर्सा) 

मेयर/उपमेयर 

राजपा २४०९/२२०८ 

कांग्रेस २४०२/२७०९ 

संघीय समाजवादी १६४६/१६४५ 

माओवादी केन्द्र १३७०/९८९ 

एमाले १२३३/१४३८ 

लोकतान्त्रिक फोरम ७१५/५७९

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सत्ता गठबन्धनले भन्यो- भिड जम्मा गरेर न्यायालयमाथि दबाब दिने गतिविधि विधिको शासन विपरीत सत्तारुढ दलले गरे एकसय दिनको समीक्षा, जारी गरियो सात बुँदे वक्तब्य खेलाडी पुरिएको घटना छानविनका लागि पहल गर्ने प्रचण्डको प्रतिबद्धता बालुवाटारमा सत्तारुढ दलको बैठक जारी, के हुँदैछ छलफल? ४० जनालाई  सिंगापुर पठाईदिने भन्दै करोडौं ठगी गरी फरार रहेका आचार्य कम्बोडियाबाट पक्राउ माइक्रो बस दुर्घटना : मनकामना दर्शन गर्न जाँदै थिए दुई परिवार, खाल्डो छल्न खोज्दा दुर्घटना राजेन्द्र महतोले दिए दल दर्ताको निवेदन, चुनाव चिह्न माछा यी हुन मन्त्रिपरिषद् बैठकका १२ निर्णय (सुचिसहित) बालेन लक्षित शंकर पोखरेलको टिप्पणी- र्‍याप गाउँदागाउँदै मेयर भएका व्यक्तिले राजनीति सुधार्न सक्दैनन् पाकिस्तानी राष्ट्रिय टीमका ओपनर अयुब र सफिकसहित ४२ खेलाडीहरूको एनपीएलमा चासो (नामावली) इजरायल र संयुक्त राष्ट्रसंघबीचको विवाद चरम बिन्दुमा एनपीएलको सबैभन्दा महँगो टिम पोखरासँग जोडिए दक्षिण अफ्रिकाका जोन्टि रोड्स सभापति पक्राउ विरोधमा माइतीघरमा रास्वपाको प्रदर्शन भारतको ओडिशा राज्यको तटीय क्षेत्रमा आइपुग्यो ‘दाना’ चक्रवात, नेपालमा असर कति ? गृहमन्त्रीलाई तोसिमाको प्रश्न- कारागारमा लामखुट्टे भगाउने धूप खै ? कञ्चनपुरमा श्रीमान्‌-श्रीमतीको हत्या: नास्ता पसल चलाउँथे, बिहीबार बैंकबाट निकालेका थिए पैसा सरकारको १०० दिन मैले त राम्रो मानेको छु : कांग्रेस सभापति देउवा रविमाथि दुर्व्यवहार गरेको भन्दै आयोगमा उजुरी गर्ने रास्वपाको तयारी आज कति छ सुनको मूल्य ? रूससँगको युद्धको सम्झनामा रहेको जर्जिया, युरोपतर्फको बाटो खोज्दै