२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वीरगञ्ज महानगरमा १८ हजार ९ सय १९ मत गन्दासम्मको पछिल्लो मत परिणाम

२०७४, ६ आश्विन शुक्रबार ०२:१६

असोज ६, पर्सा | तेश्रो चरणको स्थानीय तहको निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा नेपाली कांग्रेसको अग्रता छ । यहाँ कहिले कांग्रेस त कहिले राजपाको अग्रता हुँदै आएकोमा अहिले कांग्रेस राजपा भन्दा १०७ मतले अग्रतामा छ । 

८४ हजार भन्दा बढी मत खसेको यो महानगरमा १८ हजार ९ सय १९ मत गन्दा कांग्रेसले अग्रता कायम गरेको छ । कांग्रेसलाई राजपाले पछ्याइरहेको छ भने संघीय समाजवादी फोरम नेपाल तेश्रो स्थानमा छ । अहिलेसम्म महानगरको २ हजार ६ सय ८९ मत बदर भएको छ । 

ताजा मत परिणाम अनुसार कसको कति ?  

पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसले ३९३९ मत पाएको छ भने राजपाले ३८३२ मत ल्याएको छ  । त्यस्तै संघीय समाजवादी फोरम नेपालले ३५२१ मत पाएको छ भने चौथो स्थानमा माओवादी केन्द्रले २४२३ मत पाएको छ ।

त्यस्तै नेकपा एमालेले १९७३ र फोरम लोकतान्त्रिकले १३१३ मत पाएको छ । 

१. नेपाली कांग्रेस

मेयर (अजयकुमार द्विवेदी): ३९३९

उपमेयर (शान्ति कार्की): ४५७२

२. राजपा 

मेयर (राजेशमान सिंह): ३८३२

उपमेयर (रम्भा मिश्र): ३१९८

३. संघीय समाजवादी फोरम नेपाल

मेयर (विजयी सरावगी): ३५२१

उपमेयर (पिंकी यादव): ३३९५

४. माओवादी केन्द्र

मेयर (रहबर अन्सारी): २४२३

उपमेयर (दुर्गा क्षेत्री): १६०९

५. नेकपा एमाले

मेयर (बसुरुद्दिन अन्सारी): १९७३

उपमेयर (सोफिया आचार्य): २३९०

६. फोरम लोकतान्त्रिक

मेयर (विमल श्रीवास्तव): १३१३

उपमेयर (रींकू यादव): १०१२

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल