९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादीद्वारा बाबुरामको क्षेत्रमा नारायणकाजी प्रस्ताव, अन्य नेताहरु कहाँ-कहाँ ?

६ आश्विन २०७४, शुक्रबार ०४:०८

असोज ६, रासस (गोरखा) | मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) गोरखाले प्रस्तावित उम्मेदवारको नाम प्रदेशमा पठाएको छ।

गोरखामा दुईवटा निर्वाचन क्षेत्र रहेका छन् । दुई क्षेत्रमा दुई–दुई वटा गरी चारवटा प्रदेश निर्वाचन क्षेत्र छ। त्यसमध्ये समानुपातिक प्रणाली पनि कायमै छ। गोरखा क्षेत्र नं १ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेताहरु हरि अधिकारी, कृष्ण धिताल र लोकप्रसाद बञ्जराको नाम प्रस्ताव गरिएको छ। यस्तै, समानुपातिकतर्फ नेताहरु परशुराम रम्तेल, जगन्नाथ खनाल तथा सहरी विकास राज्यमन्त्रीसमेत रहेका छमबहादुर गुरुङको नाम प्रस्ताव गरिएको माओवादी केन्द्रले जनाएको छ। प्रतिनिधिसभाकै क्षेत्र नं २ को प्रत्यक्षतर्फ नेता नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे, चूडामणि खड्का र लेखनाथ न्यौपानेको नाम प्रस्ताव गरेको र समानुपातिकतर्फ खोपबहादुर कँडेलको मात्रै नाम प्रस्तावित छ।

यस्तै, माओवादी केन्द्रले प्रदेशसभा निर्वाचनका लागि गोरखा क्षेत्र नं १ को प्रदेश नं १ को प्रत्यक्षतर्फ नेताहरु लेखबहादुर थापा, माया चेपाङ, जानुका पौडेल र समानुपातिकतर्फ हितमान सुर्खेती, अकुर तिमिल्सिना, गीता गहतराज, डिलबहादुर सेन्चुरीको नाम प्रस्ताव गरेको छ। क्षेत्र नं १ को प्रदेश नं २ प्रदेशसभाका लागि प्रत्यक्षतर्फ नेताहरु ऋषि खनाल, स्थिरप्रसाद खनाल, निमा लामाको नाम प्रस्ताव गरिएको छ भने समानुपातिकतर्फ सुशीला सिंखडा, ध्रुव भट्ट, गोपाल बराइलीको नाम प्रस्ताव भएको छ।

क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा–१ का लागि प्रत्यक्षतर्फ नेताहरु कमला नहर्की, विवश चिन्तन, बन्दना पाण्डे र समानुपातिकतर्फ रामबहादुर ढकाल, कञ्चन कुमाल र धना तमु छन्।

क्षेत्र नं २ को प्रदेशसभा–२ का लागि प्रत्यक्षतर्फ नेताहरु अमर तमु, दीपक देवकोटा, भगवती तिवारी र समानुपातिकतर्फ नरबहादुर गुरुङ, मुक्ति विक, अनिता भुजेल, पूर्णकुमारी कँडेलको नाम प्रस्ताव गरिएको छ। प्रदेशले यी नाम हेरेपछि केन्द्रमा पठाउने र केन्द्रले कसलाई उम्मेदवार बनाउने भन्ने टुंगो लगाउने जिल्ला इन्चार्ज चूडामणि खड्काले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो