२०८२, १८ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डा भट्टराईद्धारा पार्टीको अध्यक्ष पद त्याग

२०८२, ९ आश्विन बिहीबार १५:२१

काठमाडौँ | नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पार्टीको अध्यक्ष पद त्याग गरेको घोषणा गर्नुभएको छ ।

आज यहाँ पत्रकार सम्मेलन गरी अध्यक्ष भट्टराईले परिवर्तित राजनीतिक सन्दर्भमा नयाँ पुस्ताले अब मुलुकको नेतृत्व गर्नुपर्ने महसुस गरी नेसपा (नयाँ शक्ति) को अध्यक्ष पदबाट अलग भएको स्पष्ट गर्नुभयो ।

डा भट्टराईले भन्नुभयो, “राजनीतिक दलभित्र पुस्तान्तरण अपरिहार्य छ । नयाँ शक्ति र युवा पुस्ताका लागि मार्ग प्रशस्त गर्न आवश्यक रहेकाले पार्टीको अध्यक्ष पदबाट अलग भएको छु । तर, वैकल्पिक शक्ति निर्माण र समाज रूपान्तरणको अभियानलाई निरन्तरता दिन सदैव लागि रहने छु ।”

उहाँले सुशासनका पक्षमा भएको ‘जेनजी’ युवाहरुको आन्दोलन जायज भए पनि केही नेता र बाहिरी शक्तिले त्यसलाई बदनाम गर्न खोजेको बताउनुभयो । भ्रष्ट नेतामाथि कारबाही हुनुपर्ने माग उठिरहेको सन्दर्भलाई इङ्गित गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले भन्नुभयो, “त्यसका लागि युवा पुस्ताबाट देशव्यापी रुपमा दबाब सिर्जना गर्न आवश्यक छ, भ्रष्ट जो कोही पनि कानुनको दायरामा आउनुपर्दछ ।”

उहाँले भन्नुभयो, “अध्यादेशमार्फत संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्ने र निर्वाचन तथा शासकीय प्रणालीमा सुधार नगरे मुलुक थप जटिलतामा फस्ने छ, त्यसतर्फ सम्बद्ध सबैको ध्यान जान जरुरी छ ।”

नेसपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री भट्टराईले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनमा संस्थागत सहभागितासहित ‘जेनजी’ युवाहरुले देशको नेतृत्व लिनसक्नुपर्न धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण