२४ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आगजनीमा परेको बिपी स्मृति भवनमा कांग्रेसको बैठक

२४ आश्विन २०८२, शुक्रबार १३:४३

काठमाडौँ | गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा मुलुकभर विभिन्न सरकारी तथा निजी भवनमा तोडफोड, लुटपाट र आगजनी भयो । साथै नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र)लगायत दलका कार्यालय र ती पार्टीका नेता तथा कार्यकर्ताका निजी निवासमा समेत तोडफोड, लुटपाट र आगजनी भएको थियो ।

आन्दोलबाट ठूलो क्षति व्यहोरेको कांग्रेसले बिहीबारदेखि आगजनीबाट ध्वस्त केन्द्रीय कार्यालयमा पार्टीे पदाधिकारी एवं पूर्व पदाधिकारीको बैठक आयोजना गरेको छ । बैठक शुक्रबार पनि जारी छ । आन्दोलनका क्रममा भदौ २४ गते प्रदर्शनकारीले आगजनीबाट कांग्रेस केन्द्रीय कार्यालय ध्वस्त पारेका थिए । कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार आगजनीका कारण कार्यालयका कुनै पनि सामान बचेका छैनन् र आगजनीबाट केन्द्रीय कार्यालयमा मात्रै करिब रु १० करोड बराबरको क्षति भएको छ ।

बैठकमा सामसामयिक राजनीतिक विषयमा र यही असोज २६ गते बस्ने तय भएको कांग्रेस केन्द्रीय कार्यसमितिका सम्भावित ‘एजेन्डा’लगायत विषयमा समेत छलफल भएको छ । जेनजी आन्दोलनपछि पार्टीको पदाधिकारी एवं पूर्व पदाधिकारीको बैठक पहिलोपटक बसेको हो ।

आन्दोलनका क्रममा भदौ २४ गते कांग्रेस पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका धर्मपत्नी एवं तत्कालीन परराष्ट्रमन्त्री डा आरजु राणा देउवामाथि उहाँकै निवासमा साङ्घातिक हमला र कुटपिट हुनाका साथै घरमा आगजनी भएको थियो ।

स्वास्थ्यलाभपछि आराम गरिरहनुुभएका सभापति देउवा बिहीबारको बैठकमा उपस्थित हुनुभएन । यद्यपि उहाँ असोज २६ गते बस्ने केन्द्रीय समितिको बैठकमा भने उपस्थित हुनुहुने पार्टी प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिनुभयो । उक्त आन्दोलनपछि पार्टीभित्र नेतृत्व परिवर्तनका विषयमा बहससमेत सुरु भएको छ ।

पार्टीका उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको बैठकमा पदाधिकारीहरुले वर्तमान परिवेशमा भएको घटनाक्रमले उत्पन्न राजनीतिक र पार्टीगत चुनौतीको सामना गर्नुपर्नेलगायत विषयमा धारणा व्यक्त गर्नुभएको थियो । साथै पार्टीलाई विशेष परिवेशमा कसरी अगाडि बढाउने भनेर छलफल भएको र समयमा नियमित अधिवेशन हुनुपर्छ भन्ने विषय बैठकमा उठेको प्रवक्ता डा महतले जानकारी दिनुभयो ।

राष्ट्रिय र निजी सम्पत्तिमाथि आगजनी, तोडफोड तथा लुटपाट गर्नेलाई कारबाही नगरेसम्म निर्वाचनको निष्पक्षतामाथि नै प्रश्न उठने कांग्रेसको भनाइ छ । आन्दोलनपछि बनेको वर्तमान अन्तरिम सरकारले आगामी फागुन २१ गते निर्वाचन घोषणा गरेको छ ।

‘जेनजी’ प्रदर्शनका क्रममा कांग्रेसका देशभरका ९५ नेता तथा कार्यकर्ताका निवासमा क्षति पु¥याइएको र ४८ जिल्ला कार्यालयमा क्षति भएको सो पार्टीले जनाएको छ । प्रदर्शनकारीले पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री देउवासहित उपसभापति, महामन्त्री, सहमहामन्त्री, केन्द्रीय सदस्य, प्रदेश सभापतिलगायत नेता कार्यकर्ताहरुका ९५ निवासमा आगजनी, तोडफोड, लुटपाट भएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल–भारत सीमामा हतियारसहित एकजना पक्राउ नेपालको सबैभन्दा पुरानो पार्टी पनि कांग्रेस हो र सबैभन्दा नयाँ पार्टी पनि कांग्रेस नै हो: सभापति थापा सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै सुनचाँदीको मूल्य घट्यो कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो