२०८२, १८ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनताको विश्वास जित्नुस्ः मुख्यमन्त्री कँडेल

२०८२, २५ आश्विन शनिबार १३:५९

काठमाडौँ | कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले उठाएका सकारात्मक भावना र मागलाई सम्मान गर्दै सुधारका ठोस योजनासहित काम अघि बढाउन प्रदेशका सचिवहरूलाई निर्देशन दिनुभएको छ ।

प्रदेश सरकारका प्रमुख सचिव र सबै मन्त्रालयका सचिवसँग आव २०८२÷८३ को बजेट तथा कार्यक्रम कार्यान्वयनसम्बन्धी भएका निर्णय र प्रतिबद्धताका प्रगतिसम्बन्धी छलफललाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले भन्नुभयो, “अब सुधारका कुरा कागजमै सीमित हुने होइन, व्यवहारमै देखिनुपर्छ, जनताले पारदर्शिता, जवाफदेहिता र सहज सेवाको अपेक्षा गरेका छन्, त्यसको प्रत्यक्ष अनुभव दिलाउनु नै हाम्रो जिम्मेवारी हो ।”

उहाँले कार्यालयका ढोका जनताका लागि सधैँ खुला राख्न, हरेक काममा पारदर्शिता र विश्वास कायम गर्न तथा विगतका कमजोरीबाट सकारात्मक पाठ लिएर नयाँ सोच र कार्यशैली अपनाउन आग्रह गर्नुभयो । उहाँका अनुसार हिजोका गल्तीबाट सिकेर आज सुधारका उपाय लागू गर्नु नै वास्तविक प्रगति हो ।

उहाँले प्रदेश सरकारको प्राथमिकता खर्च कटौती, कार्यक्षमता वृद्धि र परिणाममुखी सेवा प्रवाह हुने स्पष्ट पार्नुभयो । मुख्यमन्त्री कँडेलले भन्नुभयो, “सङ्घ सरकारसँग प्रतिस्पर्धा गर्न सक्ने किसिमको कार्यक्षमता देखाउन अब तपाईंहरूले पहल गर्नुपर्छ, तालिम, भ्रमण, गोष्ठी वा आवश्यक नभएका योजनामा हुने खर्च घटाएर वास्तविक विकासमा लगानी गर्नुपर्ने बेला आएको छ ।”

त्यस क्रममा उहाँले प्रत्येक मन्त्रालय र कार्यालयमा देखिने अनावश्यक खर्च, ढिलासुस्ती र प्रक्रियागत जटिलता अन्त्य गर्न, सेवा प्रवाहमा सरलता ल्याउन, ढिलाइ संस्कृतिलाई अन्त्य गर्दै जनतामुखी प्रशासनिक सुधार लागू गर्न सबै सचिवहरूलाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण