२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार प्राडा त्रिपाठीलाई

२५ आश्विन २०८२, शनिबार १८:०४

काठमाडौँ, २५ असोजः यस वर्षको साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार वरिष्ठ साहित्यकार प्राडा वासुदेव त्रिपाठीलाई प्रदान गरिएको छ ।

विसं २०३९ देखि साहित्यिक गतिविधि गर्दै आएको संंस्था साहित्य सन्ध्याद्वारा आज यहाँ आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाबाट उहाँलाई रु ५० हजार राशिको उक्त पुरस्कार प्रदान गरिएको हो । माक्र्सवादी चिन्तक भट्टको स्मृतिमा प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीबाट अक्षयकोष स्थापना भई पहिलोपटक यो पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कार सिफारिस समितिका संयोजक प्रा जगत्प्रसाद उपाध्यायले डा त्रिपाठी नेपाली साहित्यका महासमालोचक भएको उल्लेख गर्दै उहाँको शोधपरक समालोचनाको विषयमा चर्चा गर्नुभयो ।

भट्टको व्यक्तित्वबारे प्रकाश पार्दै साहित्यकार प्राडा हेमनाथ पौडेलले समालोचना र दर्शनका क्षेत्रमा भट्टको अलग पहिचान रहेको बताउनुभयो ।

विसं १९९४ साउन २ गते जन्मनुभएका भट्टको २०६८ असोज २५ गते निधन भएको थियो । कार्यक्रममा वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितलगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु