असोज ८, पर्सा । वीरगञ्ज महानगरपालिकाको ताजा मत परिणाम सार्वजनिक भएको छ । प्राप्त मत परिणाम अनुसार सबैभन्दा अग्रतामा ..."/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ८, पर्सा । वीरगञ्ज महानगरपालिकाको ताजा मत परिणाम सार्वजनिक भएको छ । प्राप्त मत परिणाम अनुसार सबैभन्दा अग्रतामा ..."/>
९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वीरगञ्ज महानगरपालिकाको महा-भिडन्त, अग्रता लिएको राजपा तेश्रो स्थानमा (अपडेट)

८ आश्विन २०७४, आईतवार ०४:१९

असोज ८, पर्सा । वीरगञ्ज महानगरपालिकाको ताजा मत परिणाम सार्वजनिक भएको छ । प्राप्त मत परिणाम अनुसार सबैभन्दा अग्रतामा संघीय समाजवादी फोरमले कांग्रेसभन्दा ११८ मतले अग्रता लिईरहेको छ । 

प्रदेश नम्बर २ कै एक मात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकामा संघीय समाजवादी फोरमका उम्मेदवार विजयकुमार सरावगीले सबैभन्दा बढी ९९४६ मत प्राप्त गरेका छन् भने उसकै उपमेयरकि उम्मेदवार पिन्किदेवी यादवले ९२६९ मत प्राप्त गरेकी छन् । 

त्यस्तै दोश्रो स्थानमा रहेको कांग्रेसका उम्मेदवार अजयकुमार द्विवेदीले ९८२८ मत प्राप्त गर्दा कांग्रेसकै उपमेयर शान्ति कार्कीले ११,२७५ मत प्राप्त गरेकी छिन् । उपमेयरमा भने कांग्रेसको अग्रता रहेको छ ।

त्यस्तै तेश्रो स्थानमा राष्ट्रिय जनता पार्टी (राजपा) का मेयर उम्मेदवार राजेशमान सिंहले ६९३९ मत पाएको छ भने उसको उपमेयर उम्मेदवार रम्भा मिश्राले ६०५९ मत प्राप्त गरेकी छन् ।

त्यस्तै बिरगंजमा अहिलेसम्मको मत परिणाम अनुसार माओवादीलाई केहि मतले पछाडी पार्दै एमालेका उम्मेदवार बसरूद्दीन अन्सारीले ४९३१ मत पाई चौथो स्थानमा छन् भने एमालेका उपमेयर उम्मेदवार सोफिया आचार्यले ५९३६ मत पाएकी छन् । एमालेमा उपमेयरले पाएको मत एमाले मेयरको भन्दा १००० ले बढी रहेको छ । 

त्यस्तै पाँचौं स्थानमा रहेको माओवादी केन्द्रका उम्मेदवार रहबर अन्सारीले ४४७५ मत पाएका छन् । माओवादी केन्द्रकि उपमेयर उम्मेदवार दुर्गा क्षेत्रीले भने ३००९ मात पाएकी छन् । दुर्गाको तुलनामा रहबरलाई १४५० भन्दा बढी मत दिईएको छ । 

त्यस्तै बिरगंज महानगरको महाभिडन्तमा लोकतान्त्रिक फोरम छैटौं स्थानमा छ । उसको उम्मेदवार बिमलप्रसाद श्रीवास्तवले ३९४६ मत पाएका छन् भने उपमेयरमा रिंकु यादवले ३१६० मत पाएकी छन्  । लोकतान्त्रिक फोरमकि उपमेयर रिंकुले पाएको मत माओवादी केन्द्रकि उपमेयर उम्मेदवार दुर्गाले पाएको मतभन्दा बढी । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता