२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘स्वच्छ खाना : उत्कृष्ट व्यापार’ गर्न कामपाको आग्रह

२०८२, २ कार्तिक शनिबार ११:१९

काठमाडौँ | नेपालीहरूको दोस्रो ठूलो वर्प तिहार नजिकिँदै गर्दा काठमाडौँ महानगरपालिकाले बजार अनुगमनलाई तीव्र बनाउँदै उपभोक्तालाई स्वच्छ खाना उपलब्ध गराउन सम्बन्ध भएको सबैलाई आग्रह गरेको छ । महानगरभित्रका मिठाई व्यवसाय सञ्चालक तथा व्यवसायसँग सम्बन्धित श्रमिकप्रति लक्षित गर्दै कामपाले आग्रह गरेको हो ।

कामपालको ‘स्वच्छ खाना : उत्कृष्ट व्यापार’ भन्ने मूलमन्त्रलाई आत्मसात् गर्नुस् कामपाको कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेले भन्नुभयो । न्यौपानेले भन्नुभयो, “तिहारमा अघिका प्रयोग गरिने मिठाईजन्य खाद्य वस्तुलाई सुरक्षित, स्वच्छ र उपभोक्तामैत्री बनाउन व्यवसायीहरूमा कानुनको पालना गर्दै स्वच्छ खाना उपलब्ध गारउनुपर्छ ।”

कामपाले प्राविधिक र स्वच्छता मिठाई व्यवसायसँग सम्बन्धित कानुनी प्रावधान, व्यवसाय सञ्चालनका क्रममा अपनाइने अभ्यास, खाद्य स्वच्छता कायम राख्ने तरिका, मिठाईमा प्रयोग गरिने रङ र सामग्री, बिक्री–वितरण र प्रशोधनस्थलको अवस्था, आवश्यक भौतिक संरचना, लेबलिङ प्रक्रिया परीक्षण आदिबारे विस्तृत प्रशिक्षण समेत दिईसकेको छ ।

कामपाका खाद्य स्वच्छता तथा गुणस्तर कार्यक्रमका सल्लाहकार सन्तोष गिरीका अनुसार महानगरले व्यवसाय सुधारका लागि सशक्तीकरण, अनुगमन र नियमनलाई विशेष प्राथमिकता दिएको छ । कामपाले मिठाई व्यवसायीहरूमा स्वच्छता र गुणस्तरप्रतिको चेतना बढाउने अपेक्षासमेत गरेको छ । आगामी दिनमा यस्ता क्षमता अभिवृद्धि कार्यक्रमलाई नियमित रूपमा निरन्तरता दिने योजना बनाएको छ । अन्य समयमा कहिलेकाहीँ मात्रै बजार अनुगमन गर्ने कामपाले चाडपर्व लागेसँगै बजार अनुगमन नियमित रूपमा गरिरहेको छ ।

केही दिनअघि नयाँ बानेश्वर क्षेत्रमा रहेका साना होटेल तथा रेष्टुराँ व्यवसायमा अनुगमन गर्दा अधिकांश व्यवसाय मापदण्डविपरीत सञ्चालनमा रहेका पाइएको पनि कामपाले जानकारी दिएको छ । प्रमुख न्यौपानेका अनुसार कानुनविपरीत सञ्चालन गरिएको व्यवसायलाई नियमअनुसार आउन निर्देशन दिइएको र अटेर गरे कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रमुख नुरनिधि न्यौपानेका अनुसार सङ्क्रमण सानो लापार्वाहीबाट पनि फैलिन सक्ने भएकाले सरसफाइमा ध्यान दिनु व्यवसायीकै हितमा पर्छ उहाँले भन्नुहुन्छ, “महानगर अनुगमन गरेर व्यवसायीलाई तर्साउन चाहँदैन, सबैले आफ्नो कर्तव्य र जिम्मेवारी नबिसौँ, सरसफाइमा ध्यान दिनु उपभोक्ता र व्यवसायी दुवैको फाइदाको कुरा हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति