२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कवि अधिकारी सम्मानित

२ कार्तिक २०८२, शनिबार १७:५३

काठमाडौँ | कवि तथा गीतकार दिनेश अधिकारी सम्मानित हुनुभएको छ । कवि अधिकारीको लेखन यात्राको स्वर्ण वर्षका अवसर पारेर ‘नझरेका फूलहरु’ संस्थाले उहाँलाई मोरङको बेलबारीमा सम्मान गरेको हो ।

कार्यक्रममा कवि हेमन यात्री, देवान किराँती, पूरन याक्खा, अस्मिता बिष्ट, भरत वर्वरिक, रेखा सुवेदीलगायतले कवि अधिकारीको हालै प्रकाशित कविता सङ्ग्रह ‘पानीको परेड’बाट कवितावाचन गर्नुभएको थियो ।

कवि मनु मन्जिलले कवि अधिकारी आफ्नो पुस्ताका अग्रणी कवि र गीतकार हुनुभएको उल्लेख गर्नुभयो । ‘नझरेका फूलहरु’ का प्रस्तोता केपी घिमिरेले संस्थाको गतिविधिमाथि प्रकाश पार्दै कवि अधिकारीलाई सम्मान गर्न पाएकामा संस्था गौरवान्वित भएको धारणा राख्नुभयो ।

कवि तथा गीतकार अधिकारीलाई सुन्न विभिन्न क्षेत्रका साहित्यकार र कलाकारको उपस्थिति थियो । कार्यक्रममा कवि अधिकारीले कविता र गीतका बारेमा सङ्क्षिप्त विचारसहित आफ्ना कविता र गीत वाचन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…