२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नागरिक सुरक्षा प्रहरीको पहिलो प्राथमिकताः एआइजी कार्की

४ कार्तिक २०८२, सोमबार १६:२५

काठमाडौँ | काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) दानबहादुर कार्कीले नागरिकको जीउ र धनको सुरक्षाका लागि नेपाल प्रहरी २४सै घण्टा खटिएको बताउनुभएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले शुभ दीपावली तथा छठ पर्व २०८२ को अवसरमा आयोजना गरेको सङ्गीतिक तथा ट्राफिक सचेतना कार्यक्रममा एआइजी कार्कीले प्रहरी सधैँभरी नागरिकको सुरक्षामा समर्पित रहेको र समाजमा शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्न प्रहरीको भूमिका अतुलनीय रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रहरी भनेको नागरिकको सुख–दुःखमा साथ दिने संस्था हो । हामी नागरिकको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर निरन्तर खटिएका छौँ ।” विशेष गरी चाडपर्वको समयमा बढ्दो भीडभाड, सवारी चाप, मादक पदार्थको दुरुपयोग र सम्भावित आपराधिक गतिविधिहरू नियन्त्रण गर्न प्रहरी अझ बढी सतर्क र सक्रिय रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा एआइजी कार्कीले जनतालाई चाडपर्व शान्तिपूर्ण, संयमित र पारिवारिक वातावरणमा मनाउन आग्रह गर्नुभयो । उहाँले मादक पदार्थ सेवनबाट टाढा रहन, ट्राफिक नियमको पालना गर्न, सार्वजनिक शान्ति भङ्ग हुने कार्य नगर्न र सहयोगी नागरिक बन्न पनि अनुरोध गर्नुभयो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले ट्राफिक प्रहरी नागरिककै सुरक्षाका लागि सडकमा खटिने भएकाले ट्राफिक नियम पालना गरी सवारी साधन चलाउन आग्रह गर्नुभयो । उहाँले विशेषतः तिहार, भाइटीका, देउसी–भैलोका समयमा रमाइलोका नाममा मादक पदार्थ सेवनपछि गाडी चलाउने प्रवृत्तिले दुर्घटनाको सम्भावना बढाउने भएकाले सबै नागरिकलाई जिम्मेवार बन्न आह्वान गर्नुभयो ।

कार्यक्रममा वरिष्ठ हास्य कलाकार किरण केसीले ट्राफिक प्रहरी कर्मचारीहरुलाई हौसला प्रदान गर्ने प्रस्तुति दिनुभएको थियो । चलचित्र निर्माताहरू रोहित अधिकारी, धिरज तामाङ र चलचित्र वितरक किरण श्रेष्ठलाई कार्यक्रममा कदरपत्रद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी कर्मचारीले ट्राफिक सचेतना सम्बन्धी विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा गजल गायक थानेश्वर गौतम, गायक सरोज ओली, ट्राफिक प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…