२०८२, १८ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपसभामुख रानाद्वारा तिहारको शुभकामना

२०८२, ५ कार्तिक मंगलवार १२:०४

काठमाडौं | उपसभामुख इन्दिरा रानाले दीपावली र नेपाल सम्वत् जस्ता पर्वले नेपाली समाजमा आपसी मेलमिलाप, भातृत्व, सहिष्णुता र एकताको भावना सुदृढ पारिरहेको बताउनुभएको छ ।

उहाँले नेपालीहरूको महान पर्व शुभ दीपावली २०८२ तथा नेपाल संवत् ११४६ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुरक्षा, आपसी सद्भाव र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको हो ।

उहाले भन्नुभएको छ, “घर घरमा दीपावली गरी हर्षोल्लासका साथ मनाइने दीपावली हिन्दू धर्मावलम्बी नेपालीको दसैंपछिको प्रमुख पर्व हो, यस पर्वमा दिदीबहिनीहरूले दाजुभाइलाई सप्तरङ्गी टीका र कहिल्यै नओइलाउने मखमली, सयपत्री फूलका माला लगाइदिएर दीर्घायु, सौभाग्य र समृद्धिको कामना गर्दछन् ।”

दीप बालेर उज्यालो र आशाको प्रतीकको रूपमा मनाइने तिहार पर्व पारिवारिक मिलन, सामाजिक सद्भाव तथा सांस्कृतिक एकताको पर्व भएको उहाँको भनाइ छ । यसले सबैलाई प्रेम, करुणा र सहयोगको भावनामा जोड्ने पनि उहाको विस्वास छ ।

शुभकामना सन्देशमा भनिएको छ, “त्यसैगरी राष्ट्रिय विभूति शंखधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल सम्वत् हाम्रो मौलिक र गौरवमय राष्ट्रिय सम्वत् हो, लिच्छवीकालीन राजा राघवदेवको समयमा गरीब जनतालाई ऋणमुक्त गरी शंखधर साख्वाले सुरु गरेको यो सम्वत् आज नेपाली इतिहास, संस्कृति र राष्ट्रिय पहिचानको प्रतिकका रूपमा स्थापित छ ।”

विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा यो पर्व अत्यन्त उत्साहका साथ मनाइन्छ । बहुभाषिक, बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त हाम्रो नेपालमा सबै धर्म, संस्कार र संस्कृतिको सम्मान गर्दै एकताको भावनामा बाँधिने परम्परागत चाडपर्वले अझ प्रगाढ बनाइरहेको उपसभामुख रानाको भनाइ छ ।

उहाँले भन्नुभएको छ, “यो शुभ दीपावली र नेपाल सम्वत् ११४६ ले देशमा आपसी सद्भाव, एकता, सुरक्षा तथा अमनचयन ल्याओस, राजनीतिक स्थिरता र आर्थिक समृद्धिको गराओस निराशा एवं अन्धकारलाई हटाइ हरेक नेपालीको जीवनमा उज्यालोपन, खुसी र आशा भरियोस्, देशमा शान्ति, सुशासन र विकासको उज्यालो फैलियोस् र सबै नेपाली एकताबद्ध भई समुन्नत र समावेशी नेपाल निर्माणको अभियानमा अघि बढ्न प्रेरित बनोस् ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड