२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपसभामुख रानाद्वारा तिहारको शुभकामना

५ कार्तिक २०८२, मंगलवार १२:०४

काठमाडौं | उपसभामुख इन्दिरा रानाले दीपावली र नेपाल सम्वत् जस्ता पर्वले नेपाली समाजमा आपसी मेलमिलाप, भातृत्व, सहिष्णुता र एकताको भावना सुदृढ पारिरहेको बताउनुभएको छ ।

उहाँले नेपालीहरूको महान पर्व शुभ दीपावली २०८२ तथा नेपाल संवत् ११४६ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुरक्षा, आपसी सद्भाव र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको हो ।

उहाले भन्नुभएको छ, “घर घरमा दीपावली गरी हर्षोल्लासका साथ मनाइने दीपावली हिन्दू धर्मावलम्बी नेपालीको दसैंपछिको प्रमुख पर्व हो, यस पर्वमा दिदीबहिनीहरूले दाजुभाइलाई सप्तरङ्गी टीका र कहिल्यै नओइलाउने मखमली, सयपत्री फूलका माला लगाइदिएर दीर्घायु, सौभाग्य र समृद्धिको कामना गर्दछन् ।”

दीप बालेर उज्यालो र आशाको प्रतीकको रूपमा मनाइने तिहार पर्व पारिवारिक मिलन, सामाजिक सद्भाव तथा सांस्कृतिक एकताको पर्व भएको उहाँको भनाइ छ । यसले सबैलाई प्रेम, करुणा र सहयोगको भावनामा जोड्ने पनि उहाको विस्वास छ ।

शुभकामना सन्देशमा भनिएको छ, “त्यसैगरी राष्ट्रिय विभूति शंखधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल सम्वत् हाम्रो मौलिक र गौरवमय राष्ट्रिय सम्वत् हो, लिच्छवीकालीन राजा राघवदेवको समयमा गरीब जनतालाई ऋणमुक्त गरी शंखधर साख्वाले सुरु गरेको यो सम्वत् आज नेपाली इतिहास, संस्कृति र राष्ट्रिय पहिचानको प्रतिकका रूपमा स्थापित छ ।”

विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा यो पर्व अत्यन्त उत्साहका साथ मनाइन्छ । बहुभाषिक, बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त हाम्रो नेपालमा सबै धर्म, संस्कार र संस्कृतिको सम्मान गर्दै एकताको भावनामा बाँधिने परम्परागत चाडपर्वले अझ प्रगाढ बनाइरहेको उपसभामुख रानाको भनाइ छ ।

उहाँले भन्नुभएको छ, “यो शुभ दीपावली र नेपाल सम्वत् ११४६ ले देशमा आपसी सद्भाव, एकता, सुरक्षा तथा अमनचयन ल्याओस, राजनीतिक स्थिरता र आर्थिक समृद्धिको गराओस निराशा एवं अन्धकारलाई हटाइ हरेक नेपालीको जीवनमा उज्यालोपन, खुसी र आशा भरियोस्, देशमा शान्ति, सुशासन र विकासको उज्यालो फैलियोस् र सबै नेपाली एकताबद्ध भई समुन्नत र समावेशी नेपाल निर्माणको अभियानमा अघि बढ्न प्रेरित बनोस् ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…