२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जवर्जस्ती करणी र चोरी डाँका मुद्दाका फरार अभियुक्त पक्राउ

५ कार्तिक २०८२, मंगलवार १२:२४

काठमाडौँ | जवर्जस्ती करणी र चोरी डाँका मुद्दामा फरार रहेका दुई जनालाई मकवानपुर प्रहरीले जुवा खालबाट पक्राउ गरेको छ ।

जुवा खेलिरहेको अवस्थामा असोज ३१ गते ११ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये दुई जना जवर्जस्ती करणी तथा चोरी मुद्दाका फरार अभियुक्त रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।

उहाँका अनुसार हेटौँडा उपमहानगरपालिका–१० बाट ११ बुक तास र रु तीन लाख छ हजार ३१० नगदसहित पक्राउ परेकामध्ये स्थानीय ३७ वर्षीय अर्जुन तामाङ भन्ने विजय तामाङ सिन्धूपाल्चोक जिल्ला अदालतबाट २०७४ साल साउन ११ गते जवर्जस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय पाइ फरार रहेका थिए ।

यसैगरी पक्राउ परेकामध्ये मकवानपुरको बागमती गाउँपालिका–५ ज्यामिरे निवासी २७ वर्षीय राजेश दर्नाल भन्ने हेमन्त परियार चोरी तथा डाँका मुद्दामा फरार अभियुक्त रहेको प्रहरी नायव उपरीक्षक बोगटीले बताउनुभयो ।

दर्नालमाथि जिल्ला प्रहरी कार्यालय मकवानपुर, जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी बृत्त महाराजगञ्ज काठमाडौँमा गरी चोरी तथा डाँका कसुर सम्बन्धी पाँच मुद्दा दत्र्ता रहेको उहाँको भनाइ छ । दुवै जनामाथि आवश्यक कानुनी प्रक्रिया पुरा गरी सम्बधित निकायमा बुझाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…