२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जेनजी आन्दोलनका घाइते भेटेपछि स्वास्थ्यमन्त्रीले भन्नुभयो, “यो आन्दोलन व्यर्थ नजाओस्”

२०८२, ११ कार्तिक सोमबार १४:५३

काठमाडौँ | स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले जेनजी आन्दोलनका घाइतेलाई भेट्नुभएको छ । उहाँ आज घाइतेको अवस्थाबारे जानकारी लिन त्रिवि शिक्षण अस्पताल, काठमाडौँ मेडिकल कलेज (केएमसी) र राष्ट्रिय ट्रमा सेन्टर जानुभएको थियो ।

“घाइतेको उपचार राम्ररी भइरहेको छ, केहीको अवस्था सुधारोन्मुख र केहीको अवस्था जटिल छ । उपचारमा कुनै कमी हुन दिइन्न”, मन्त्री शर्माले घाइतेलाई भेटेपछि सञ्चारकर्मीसँग भन्नुभयो, “उहाँहरुको अवस्था हेर्दा साह्रै गाह्रो भयो । यो आन्दोलन व्यर्थ नजाओस् भन्ने मेरो चाहना छ । जसले सरकारको विरोध गर्नुहुन्छ, चुनाव भाँड्न खोज्नुहुन्छ त्यो नगर्नुस् । म सबैलाई यही अनुरोध गर्न चाहन्छु ।”

स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार हाल अस्पतालमा देशभर जेनजी आन्दोलनका ११ घाइते उपचाररत् छन् । राष्ट्रिय ट्रमा सेन्टरमा चार, त्रिवि शिक्षण अस्पतालमा तीन, काठमाडौँ मेडिकल कलेजमा दुई तथा बी एण्ड बी र नोबेल मेडिकल कलेजको शिक्षण अस्पतालमा एक÷एक जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति