२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वरिष्ठ अधिवक्ता भण्डारी सम्मानित

११ कार्तिक २०८२, सोमबार १६:४६

काठमाडौँ | वैयाकरण नेपाल स्मृति पुरस्कारबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी सम्मानित हुनुभएको छ । वैयाकरण नेपाल स्मृति प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँलाई रु ५१ हजार पुरस्कार राशि र सम्मानपत्रसहित सम्मान गरिएको हो ।

वकालत तथा न्याय क्षेत्रमा विशिष्ट योगदान गरेवापत उहाँलाई प्रतिष्ठानले सम्मान गरेको प्रतिष्ठानका अध्यक्ष एकमणि नेपालले बताउनुभयो ।

माध्यमिककालीन कवि वैयाकरण नेपालको १०४औँ स्मृति दिवसका अवसरमा आज टङ्कमणि नेपाल स्मृतिग्रन्थको लोकार्पणसमेत गरिएको छ ।

व्याकरणविद् तथा साहित्यकार वैयाकरण नेपालका नाति, प्राध्यापक एवं साहित्यकार टङ्कमणि नेपालको स्मृतिमा टङ्कमणि नेपाल स्मृतिपुष्प सार्वजनिक गरिएको हो ।

पूर्वप्रधानन्यायाधीश केदारनाथ उपाध्यायले उक्त ग्रन्थको लोकार्पण गर्नुभयो । प्राध्यापक नेपालका छोरी सुनिता नेपाल सुवेदीले भावी पिँढी र पाठकलाई कोसेलीस्वरुप ग्रन्थ प्रकाशन गरिएको बताउनुभयो ।

स्मृतिग्रन्थ समीक्षक प्राध्यापक बद्री विशाल भट्टराईले भोजपुरको टेम्के मैयुङमा जन्मिनुभएका नेपाल (१९९७–२०८०) भाषाप्रेमी प्राज्ञिक व्यक्तित्वका रुपमा रहनुभएकाबारे चर्चा गर्नुभयो । प्रतिष्ठानका अध्यक्ष नेपालले ग्रन्थमा लामो समय प्राध्यापन र सामाजिक सेवाका क्षेत्रमा क्रियाशील स्वर्गीय नेपालको अनवरत क्रियाशीलता, शालीन जीवनशैली र वाङ्मय क्षेत्रमा गरेका कार्यका विविध पाटालाई उजागर गर्ने सामग्री समावेश गरिएको बताउनुभयो ।

कार्यक्रममा विद्यादेवी दाहाल पुरस्कार भोजपुका दुई छात्रा योजना फुयाल र विनिता विष्टलाई अर्पण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान