२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा पहिलो पटक कोरियाली शैक्षिक मेला हुँदै

१६ कार्तिक २०८२, शनिबार १६:४०

काठमाडौँ | नेपालमा पहिलो पटक ‘कोरियन एजुकेसन फेयर’ आयोजना हुने भएको छ ।

नेपाल शैक्षिक परामर्श सेवा सङ्घ (नेक्सा) ले यही कात्तिक २२ गते उच्च शिक्षाका लागि दक्षिण कोरिया जान चाहने विद्यार्थीलाई लक्षित गर्दै मेला आयोजना गर्न लागेको जनाएको छ । मेलामा कोरियामा उच्च शिक्षा अध्ययनका अवसर, सम्भावना र भविष्यको मार्गचित्रबारे प्रत्यक्ष सूचना दिइने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

नेपाली विद्यार्थीका लागि एक आकर्षक अध्ययन गन्तव्यका रूपमा उदाउँदो दक्षिण कोरियाली विश्वविद्यालयले अन्तरराष्ट्रिय विद्यार्थीमैत्री वातावरण, आधुनिक शैक्षिक पूर्वाधार, प्राविधिक दक्षता र अनुसन्धान–केन्द्रित शिक्षालाई प्राथमिकतामा राख्दै आएको सङ्घको भनाइ छ । ती विश्वविद्यालयमा विशेष छात्रवृत्ति र सहुलियतका बारेमा पनि मेलामा जानकारी मिल्ने तथा त्यहाँ अध्ययनसँगै कमाएर स्वदेश फर्कन पनि सहजे हुने सङ्घका अध्यक्ष सन्तोष खनालले बताउनुभयो ।

करिब पाँच हजार विद्यार्थीले अवलोकन गर्ने अनुमान गरिएको मेलामा कोरियाली विश्वविद्यालयहरु डेवोन विश्वविद्यालय, येवेन कला विश्वविद्यालय, डोन युइ विश्वविद्यालय र नामस्वेल विश्वविद्यालयका डीनहरुसहित करिब ४० शैक्षिक संस्थाका प्रतिनिधि काठमाडौँ आउने सङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…