२०८२, १८ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गगन थापा उपस्थित नभएपछि सुरु भएन कांग्रेस केन्द्रीय समिति बैठक

२०८२, १९ कार्तिक मंगलवार १४:३२

काठमाडौँ | नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको दिउँसो १ बजेका लागि बोलाइएको बैठक अझै सुरु हुन सकेको छैन । महामन्त्री गगन थापा बैठकस्थल सानेपामा उपस्थित नभएकाले बैठक सुरु हुन नसकेको एक नेताले जानकारी दिए । कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरू भने बैठकस्थलमा पुगिसकेका छन् ।

कांग्रेसमा महाधिवेशनको मिति कहिले भन्नेमा विवाद छ । महामन्त्री थापाले आगामी मंसिर २७ देखि २९ गतेसम्म नियमित महाधिवेशन गर्ने कार्यतालिका तयार पारे पनि केन्द्रीय कार्यसमिति बैठकमा पेस गर्न पाएका छैनन् ।

संस्थापन पक्षले भने आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनपछि नियमित महाधिवेशन गर्नुपर्ने बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग