२०८२, १८ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णय

२०८२, १९ कार्तिक मंगलवार १६:५१

काठमाडौँ | सरकारले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई राज्यका तर्फबाट सहिद घोषणा गरेको छ ।

यही कात्तिक १७ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज सो जानकारी दिनुभएको हो । सरकारका सम्बन्धित निकाय, छानबिन समिति र सुरक्षा निकाय एवं सरोकावाला पक्षबाट आएका विवरणको अध्ययन तथा विश्लेषणका आधारमा सरकारले उक्त घोषणा गरेको हो । जेनजी आन्दोलनका क्रममा ७६ जनाको मृत्यु भएको थियो । अन्य मृतकका हकमा थप अध्ययन–अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

बैठकले स्विट्जरल्यान्डको जेनेभामा आगामी मङ्सिर १ देखि ३ गतेसम्म हुने नेपालको व्यापार नीतिको तेस्रो समीक्षा बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रायका सचिव डा रामप्रसाद घिमिरेलाई स्वीकृति प्रदान गरेको छ । खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्यलाई थाइल्यान्डको बैङ्ककमा हुने उच्चस्तरीय खानेपानी सुरक्षा र अनुकूलनसम्बन्धी सम्मेलनमा आगामी मङ्सिर २२ देखि २६ गतेसम्म सहभागी हुन स्वीकृति दिइएको छ ।

नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री खरेलका अनुसार बैठकले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत सञ्चालित प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम, तराई मधेस समृद्धि कार्यक्रम र स्थानीय पूर्वाधार कार्यक्रम आयोजना समन्वय इकाइका लागि आर्थिक वर्ष २०८२÷८३ मा अधिकृतस्तरका १० अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।

यसैगरी बैठकले अर्थ मन्त्रालय र अन्तर्गतका निकायको सङ्गठन संरचना र दरबन्दी स्वीकृत गरेको भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत विज्ञापन बोर्डका लागि यस आर्थिक वर्षमा अधिकृतस्तरका आठ अस्थायी दरबन्दी स्वीकृत गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतका निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न बैठकले पूर्वस्वीकृति दिएको छ ।

बैठकले दक्षिण कोरियाली नागरिक मिजिन लीलाई गैह्रकानुनी रुपमा नेपाल प्रवेश गरेको मितिदेखि निष्कासन गरेको समयसम्म प्रचलित कानुनअनुसार लाग्ने विलम्ब शुल्क र जरिवानाबापतको रकम मिनाहा गरी नेपालबाट प्रस्थान गराउन अनुमति दिएको छ । यसैगरी सर्वाेच्च अदालतको आदेशबमोजिम पदममाया गुरुङलाई क्षतिपूर्तिबापत रु छ लाख तीन हजार छ सय उपलब्ध गराउने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग