२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जातीय विभेद अन्त्यको ‘रोडम्याप’ का विषयमा थाइल्यान्डमा छलफल

१९ कार्तिक २०८२, मंगलवार १७:३९

काठमाडौँ | थाइल्याण्डको राजधानी बैंककमा जारी एशिया प्यासिफिक सोसल फोरममा एशिया प्यासिफिक क्षेत्रमा विद्यमान जातीय विभेद अन्त्यको रोडम्यापसम्बन्धी छलफल भएको छ । दलित गैरसरकारी संस्था महसङ्घ (डिएनएफ), वल्र्ड डिग्निटि फोरम र नेपाल र भारतका सङ्घ संस्थाको संयुक्त आयोजनामा सो छलफल भएको हो ।

छलफलमा संयुक्त राज्य अमेरिकाका लागि पूर्व नेपाली राजदूत तथा वल्र्ड सोसल फोरमका अन्तरराष्ट्रिय सदस्य डा अर्र्जुन कार्कीले जातीय विभेद् असमानताको मुख्य कारण भएको वनाउँदै सूचना प्रविधिको क्रान्तिको समयमा पनि यस्ता विभेद हुनु दुखद् भएको बताउनुभयो ।

वल्र्र्ड डिग्निटि फोरमका संस्थापक तथा भारतीय दलित नेता अशोक भारतीले जातीय विभेदको मुद्दा विश्वव्यापी भएको बताउँदै यसको अन्त्यका लागि विश्वव्यापी रूपमा सङ्घर्ष गर्नुपर्ने बताउनुभयो ।

गैरसरकारी संस्था महासङ्घका अध्यक्ष अर्जुन भट्टराइले जातीय विभेद राजनीतिक मुद्दा भएको बताउँदै यसको अन्त्यका लागि संवैधानिक र कानुनी प्रावधान कार्यान्वयन गरिनुपर्ने बताउनुभयो ।

यसैगरी अन्तर्राष्ट्रिय दलित ऐक्यबद्धता सञ्जाल (आइडिएसएन) अध्यक्ष रेणु सिजापतिले जातीय विभेदले दलित महिलालाई झन ठूलो असर परेको बताउँदै यसको अन्त्यका लागि कानुनी सुधार गर्दै शिक्षामा लगानी गर्नुपर्ने वताउनुभयो ।

दलित लाइभ म्याटरका अध्यक्ष प्रदीप परियारले जातीय विभेद अन्त्य गर्ने दायित्व सबैको भएको बताउँदै संविधानको कार्यान्वयन, धार्मिक सुधार, आर्थिक न्याय र डिजिटल क्याम्पेनमा काम गर्नुपर्ने बताउनुभएको सम्मेलनमा सहभागी सुशील विकेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…