२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बृहत् वाम एकताबाट समाजवादी क्रान्तिकोे वातावरण बन्दैछ : संयोजक दाहाल

१९ कार्तिक २०८२, मंगलवार १८:१३

काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकका वामपन्थी पार्टीबीचको एकताबाट समाजवादी क्रान्तिको दिशामा अघि बढ्ने वातावरण बनेको बताउनुभएको छ ।

कमलादीस्थित प्रज्ञा भवनमा आज बसेको माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले जेनजी आन्दोलनलाई समाजवादी क्रान्तिका रूपमा संश्लेषण गर्नुपर्ने बताउनुभयो ।

विभिन्न नौ वाम घटकसँगको एकताबारे असन्तुष्टि व्यक्त गर्दै पार्टी पुनर्गठन अभियान सञ्चालन गर्ने घोषणा गर्नुभएको नेता जनार्दन शर्मालाई पार्टी एकताको प्रक्रियामा सहभागी हुन संयोजक दाहालले आग्रह गर्नुभयो । “तपाईं (जनार्दन)ले आफ्नो निर्णयमा पुनर्विचार गर्नुस्, पार्टीमा फर्कनुस्, सँगै अघि जानुपर्छ”, उहाँले भन्नुभयो ।

संजोजक दाहालले गणतन्त्रवादी, लोकतन्त्रवादी र देशभक्तहरू एकता अहिलेको आवश्यकता भएको उल्लेख गर्दै देशभक्तिपूर्ण आन्दोलनमा समाहित हुन परिवर्तनकारी शक्तिलाई आह्वान गर्नुभयो । वामपन्थी र देशभक्ति अभियान सञ्चालन गरिरहेका कम्युनिष्ट नेताहरू पनि एकता प्रक्रियामा सहभागी हुने उहाँको विश्वास छ ।

माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले मुलुकको आर्थिक समृद्धि, सुशासन र भ्रष्टाचार नियन्त्रणको राष्ट्रिय कार्यभार पूरा गर्ने उद्देश्यका साथ बृहत् वामपन्थी एकता गर्न लागिएको स्पष्ट पार्नुभयो । नेपाली कम्युनिष्ट आन्दोलनको पुनर्गठन र ध्रुवीकरण अहिलेको आवश्यकता भएको उल्लेख गर्दै उहाँले सम्पूर्ण देशभक्त शक्तिहरू एक ठाउँमा आउनुको विकल्प नभएको दोहो¥याउनुभयो ।

बैठकले पार्टी एकतासम्बन्धी प्रस्ताव पारित गरेको छ । प्रवक्ता अग्निप्रसाद सापकोटाले समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न बृहत् कम्युनिष्ट आन्दोलनको एकीकरण आजको आवश्यकता भएको उल्लेख गर्दै सोही आवश्यकता पूरा गर्न विभिन्न नौ वटा वाम घटकबीच एकता घोषणा हुन लागेको जानकारी दिनुभयो ।

उहाँका अनुसार भोलि भृकुटीमण्डपमा पार्टी एकता घोषणासभा हुनेछ । एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ रहने बताइएको छ । माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी नेकपा (माओवादी समाजवादी), नेकपा (साम्यवादी)सहित विभिन्न नौ वटा कम्युनिष्ट पार्टीबीच एकता हुँदैछ ।

एकतापछि बन्ने पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद हुने र नेपाली क्रन्तिको कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद हुने प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । एकता प्रक्रियामा सहभागी सबै घटकको केन्द्रीय समितिको संयुक्त भेलाबाट पार्टी एकताको घोषणा, घोषणापत्र र अन्तरिम विधान पारित तथा केन्द्रीय समितिको गठन हुनेछ । उक्त पार्टीको चुनाव चिह्न पाँचकुने तारा राख्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान