२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक विभागद्वारा धरौटी अध्यावधिक गर्नेसम्बन्धी सूचना

२० कार्तिक २०८२, बुधबार १५:२३

काठमाडौँ | वैदेशिक रोजगार विभागले जेनजी प्रदर्शनका क्रममा भएको आगजनीका कारण जलेर नष्ट भएका धरौटी तथा बैंक ग्यारेन्टी रकमको अभिलेख अद्यावधिक गर्न आवश्यक प्रमाण पठाउन सरोकार भएका सबैलाई सूचना जारी गरेको छ ।

विभागले गत भदौ २४ गतेको आगजनीमा जलेर नष्ट भएका धरौटी तथा बैंक ग्यारेन्टी रकमको अभिलेख अद्यावधिक गर्न आवश्यक प्रमाण उपलब्ध गराउन वैदेशिक रोजगार व्यवसायी र अन्य संस्थालाई सूचना प्रकाशित गरी ध्यानार्कषण गराएको हो ।

वैदेशिक रोजगारसम्बन्धी व्यवसाय गर्ने म्यानपावर कम्पनीहरूको शाखा विस्तार, अभिमुखीकरण तालिम सञ्चालन, घरेलु कामदार पठाउने, न्यायिक धरौटीलगायत प्रयोजनका लागि विभागले धरौटी लिँदै आएको छ । उक्त रकम विभागले वैदेशिक रोजगार ऐन तथा नियमावलीबमोजिम मुद्दती खातामा एकमुष्ट रूपमा जम्मा गर्ने गरेको छ ।

गत भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा भएको आगजनीमा विभागका अभिखेल जलेर नष्ट भएका छन् । सोही कारण प्रत्येक म्यानपावर कम्पनीको धरौटीको छुट्टाछुट्टै विवरण नदेखिने भएकाले कागजात जलेर नष्ट भएको विषयमा जिल्ला प्रहरी परिसर काठमाडौँले गत असोज २७ गते मुचुल्का तयार गरेको विभागले सूचनामार्फत उल्लेख गरको छ ।

सोही मुचुल्काका आधारमा नष्ट भएका धरौटी अभिलेख अध्यावधिक गर्न वैदेशिक रोजगार व्यवसायी, अभिमुखीकरण संस्थालगायतसँग सम्बन्धित कागजात र प्रमाण उपलब्ध गराउन आग्रह गरिएको विभागले जनाएको छ ।

सूचनअनुसार म्यानपावर कम्पनी वा अभिमुखीकरण तालिम प्रदायक संस्थाबाट धरौटी दाखिलाको भौचरको प्रमाणित प्रतिलिपि, बैंक ग्यारेन्टीको प्रमाणित प्रतिलिपि, धरौटीको यथार्थ विवरणसहितको स्वघोषणापत्र, आवश्यक परे बैंकबाट भएको कारोबारको प्रतिलिपि, व्यक्तिगत धरौटीका हकमा भौचर र निवेदन, धरौटी प्रयोजन खुलेको पत्र तथा नागरिकताको प्रतिलिपिसमेत पेस गर्नुपर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…