२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि खोटाङ कांग्रेसवाट जम्बो नामावली सार्वजनिक, वाजी कसले मार्लान ?

१० आश्विन २०७४, मंगलवार ०३:०६

चिसाङ शेर्पा | असोज १०, खोटाङ | नेपाली कांग्रेस खोटाङले आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारहरुको जम्बो नामावली सार्वजनिक गरेको छ । 

आगामी १७ गतेभित्र काठमाण्डौमा पुग्नेगरी कांग्रेसले ४७ जना उम्मेद्वार आकाङक्षीको नामावली सिफारिस गर्ने जनाएको छ । दिक्तेलमा सोमवार पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार प्रतिनिधिसभाका प्रत्यक्षतर्फका उम्मेद्वारमा शिवकुमार वस्नेत, नवराज केसी, सर्वधन राई, सरस्वती वजिमय, कृष्ण कुमार राई रहेका छन् । समानुपातिकमा हिरा गुरुङ, नवराज केसी, पदम निरौला, योगेन्द्र राईको नाम सार्वजनिक गरेका हुन् ।

प्रदेशसभातर्फको एक नम्बर प्रदेशका लागि नरेश कुमार श्रेष्ठ, सुवास कुमार पोखरेल, दिनेश राई, वीरकाजी राई, जितेन्द्र सिं ठकुरी र भगवती निरौला रहेका छन् । समानुपातिकका उम्मेद्वारहरुमा ज्ञानेन्द्र जोशी, जनक कार्की, फटिककुमार श्रेष्ठ, चक्र राई, डा. राजकुमार राई, भक्तजंग राई, रोजन राई, दुरेन राई, शान्तिदेवि राई, पेशल राई, दुर्गाप्रसाद घिमिरे, गोपाल श्रेष्ठ, डिल्लीकुमारी आचार्य, मिठुदेवि रेग्मी, उमेशचन्द्र आचार्य र  कुमार पुरीको नाम सिफारिस गरिएको कांग्रेसले जनाएको छ ।

यस्तै, दुई नम्बर प्रदेशको प्रत्यक्षतर्फमा विष्णुकुमार राई, रविप्रकाश राई, महेन्द्र कुमार कट्वाल र रमेश खड्का छन् । समानुपातिकतर्फ केशवराज कार्की, तीर्थराज भट्टराई, कमला राई, वसन्त राई, सुमनवावु आचार्य, रामकुमारी राई, खेम वहादुर खड्का, राम साम्पाङ राई, देवी राई, भरत पोखरेल, प्रेमकुमार कट्वाल र ललिता राउत रहेका छन् । 

‘टिकटका लागि लगभग पार्टीमा संलग्न क्रियाशिल सवै नेताहरुको सालाखाला रुपमा नाम सिफारिस गरिएको खोटाङ कांग्रेसका सभापती नरेश कुमार श्रेष्ठले बताए । सवैको नाम अटाउँदा पार्टी एकजुट हुने र आगामी निर्वाचनमा विजयी हाँसिल गरीने श्रेष्ठको भनाई छ ।’

निर्वाचन लक्षित गरेर जिल्ला व्यापी साधरण सदस्य वितरण र कोजाग्रत पुर्णिमाका दिन ७९ वडामा शुभकामना आदानप्रदान गरिने कांग्रेसले जनाएको छ । यद्यपी, सवैको नाम सिफारिस गरिंदा पार्टीमा टिकटका लागि काग्रेस नेताहरुलाई लविङ गर्ने वाटो खुल्ला भएको छ । टिकटको टुङगो नलागेसम्म कसले वाजी मार्लान भनेर कांग्रेसका नेताहरुको निन्द्रा हटेको छ ।

प्रत्यक्षमा एक महिलासहित ३ जना र समानुपातिकतर्फ एक महिलासहित ३ जनाको नाम सिफारीस गर्न केन्द्रले निर्देशन दिएता पनि कांग्रेस खोटाङले निर्वाचनमा भागलिन ईच्छुक अधिंकास नेताहरुको जम्बो नामावली सिफारीस गरेको छ ।

माथिको तश्विरमाः पत्रकार सम्मेलनमा प्रतिनिधि र प्रदेशसभा निर्वाचनका उम्मेद्वारहरुको जम्बो नामावली सार्वजनिक गर्नुहुदै कांग्रेस खोटाङका सभापती नरेश कुमार श्रेष्ठ तस्विर, चिसाङ शेर्पा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा