२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मङ्सिर १३ गते हुने एमाले महाधिवेशनको प्रतिनिधि चयनको तयारी सुरु

२१ कार्तिक २०८२, बिहीबार १२:२२

काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको क्षेत्रगत मापदण्डसहितको अन्तरपार्टी निर्देशन जारी भएपछि मातहतका कमिटी र सङ्गठनले आवश्यक तयारी सुरु गरेका छन् । महाधिवेशनको प्रतिनिधि चयन देशभर आगामी मङ्सिर १३ गते एकसाथ हुने एमाले सचिवालयले जनाएको छ ।

आगामी मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनमा कुल दुई हजार १२७ प्रतिनिधि कायम गर्नेगरी यही कात्तिक १५ गतेको एमालेको सचिवालयले बैठकले निर्णय गरेको थियो । सोबमोजिम तयारी गर्न अन्तरपार्टी निर्देशन दिइएको छ ।

एमालेको केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले पार्टी सदस्यताको सङ्ख्या अनुपातमा विभिन्न क्षेत्र छुट्याएर प्रतिनिधि चयनको मापदण्ड बनाइएको बताउनुभयो । उक्त मापदण्डलाई मातहतका जिल्ला कमिटी र जनसङ्गठनले कार्यान्वयनका लागि सम्पर्क तथा आवश्यक समन्वय सुरु गरेका उहाँले जानकारी दिनुभयो ।

महाधिवेशनमा केन्द्रीय कमिटीबाट ३५५, अनुशासन आयोगबाट २९, केन्द्रीय निर्वाचन आयोगबाट ३०, लेखा आयोगबाट २५ र केन्द्रीय सल्लाहकार परिषद्बाट निर्वाचितसहित २५ गरी ४६४ प्रतिनिधि हुनेछन् ।

यसैगरी स्वदेशका प्रदेशस्तरीय (विशेष प्रदेशसहित)का कमिटीबाट कम्तीमा दुई महिलासहित पाँचका दरले ४५ प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् । एक सय ६५ सङ्घीय निर्वाचन क्षेत्रबाट सबैभन्दा बढी समावेशीताको सिद्धान्तअनुसार एक हजार १३५ प्रतिनिधि सहभागी हुनेछन् । हरेक निर्वाचन क्षेत्रमा रहेका एक हजार २०० पार्टी सदस्य बराबर ४० वर्ष मुनीका एक युवा र एक महिलासहित चार प्रतिनिधि हुने सचिव डा अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार न्यूनतम् एक हजार २०० पार्टी सदस्यमा थप आठ सय सदस्य नाघेमा थप एक महिला प्रतिनिधि र त्यसपछि प्रत्येक आठ/आठ सय नाघेमा थप निर्वाचित खुला प्रतिनिधि हुनेछन् ।

स्वदेशका विशेष जिल्लाअन्तर्गत एक हजार २०० सम्म पार्टी सदस्य बराबर कम्तीमा एक महिलासहित तीन निर्वाचित प्रतिनिधि रहनेछन् । सदस्य सङ्ख्या आठ सय नाघेमा प्रत्येक थप एक प्रतिनिधि गरी विशेष जिल्ला कमिटीअन्तर्गत कुल ४७ प्रतिनिधि निर्वाचित हुने अधिकारीले बताउनुभयो ।

यसैगरी दलित आरक्षणअन्तर्गत कम्तीमा महिलासहित ८१ र श्रमिकमा ४० प्रतिनिधि बन्नेछन् भने प्रवास कमिटीबाट तीन महिलासहित ३५ प्रतिनिधि हुनेछन् । केन्द्रीय विभागबाट ३२ र जनसङ्गठनबाट महिलासहित कुल १३७ प्रतिनिधि रहनेछन् । पार्टी केन्द्रले १०१ प्रतिनिधि मनोनित गर्ने कार्यालय सचिव डा अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु