2026-07-02 09:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाँच वर्षमा सबैलाई घर र रोजगार एमालेले दिलाउँछ: गौतम

2017-09-26

असोज १०, दाङ । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले अबको चुनावमा एमालेलाई कसैले रोक्न नसक्ने बताउनुभएको छ । 

नेकपा (एमाले) दाङले सोमबार घोराहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले राष्ट्रका सामु आएका कठिन चुनौतीमा एमाले उत्तीर्ण भएको भन्दै लोकतन्त्रको रक्षा एमालेले मात्र गर्न सक्ने दाबी गर्नुभयो । 

काँग्रेसले बोकेको लोकतन्त्र नक्कली भएको उहाँको आरोप थियो । उहाँले जनताले अग्रगमन र राष्ट्रको समृद्धि खोजेकाले त्यो पूरा गर्ने जिम्मेवारी आफ्नो पार्टीमा भएको बताउनुभयो । उहाँले अन्य पार्टीसँग कुनै भिजन नभएको भन्दै मुलुक चलाउने पार्टी एमाले मात्र भएको दाबी गर्नुभयो । 

उहाँले पाँच वर्षभित्र सबैको घर हुने, बेरोजगारले रोजगार पाउने वातावरण निर्माण गरेर एमाले अघि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “पाँच वर्षभित्र आधारभूत सेवाबाट नागरिक विमुख हुने छैन”, कसैलाई विभेद र अन्याय गरिँदैन ।” 

यसैबीच, एमालेमा केन्द्रीय नेताहरु पनि प्रवेश गरेका छन् । राप्रपाकी केन्द्रीय सदस्य तथा गायिका कोमल ओली, नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य निर्मला विक, नेपाली काँग्रेसका नेता डिल्लीबहादुर खड्का, बलिभद्र राना, जनमुक्ति पार्टीका कमला देउजा, राप्रपाका नेता यामिन्द्र वलीलगायतका सयौँ नेता तथा कार्यकर्ता काँग्रेस, माओवादी केन्द्र, राप्रपा तथा जनशक्ति पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका थिए । 

सबैलाई पार्टी उपाध्यक्ष गौतम, पार्टीका स्थायी कमिटी सदस्य शंकर पोख्रेललगायत पार्टीका नेताले टीका र खादा ओढाएर पार्टीमा स्वागत गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक