२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मङ्सिरभित्र कांग्रेसको नियमित महाधिवेशन नभए केन्द्रीय समिति भङ्ग गर्न माग

२१ कार्तिक २०८२, बिहीबार १७:५४

काठमाडौँ | नेपाली कांग्रेसका नेताहरुले पार्टीको विधानअनुसार आगामी मङ्सिरभित्र नियमित महाधिवेशन हुन नसके केन्द्रीय समितिका सबै पदाधिकारी र सदस्यले राजीनामा दिनुपर्ने माग गरेका छन् ।

केही जिल्ला सभापतिको सक्रियतामा आज राजधानीमा आयोजित कांग्रेस १५औँ महाधिवेशन बृहत् दबाबमूलक भेला कार्यक्रममा उनीहरुले तोकिएको समयमा महाधिवेशन हुन नसके त्यसको जिम्मेवारी नेतृत्वले मात्र नभई सिङ्गो केन्द्रीय कार्यसमितिले लिनुपर्नेमा जोड दिएका हुन् ।

कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरका सभापति पूर्वसांसद दुर्लभ थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा महोत्तरी सभापति नागेन्द्र यादव, रौतहट सभापति जितेन्द्र यादव, बागलुङका सभापति जीत शेरचन, कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुखसमेत रहेका काठमाडौँ क्षेत्र नं. २ का पूर्वसभापति उपेन्द्र कार्की, वर्तमान क्षेत्रीय सभापति जयकृष्ण महर्जनलगायतले विधानले तोकेको समय आगामी मङ्सिरभित्र पार्टीको नियमित महाधिवेशन नभए केन्द्रीय समितिका सबैले राजीनामा दिएर तदर्थ समिति गठन गरी महाधिवेशन गरिनुपर्ने बताउनुभएको हो ।

कार्यक्रममा नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) का पूर्वमहामन्त्री दीपक भट्टराई, नेपाल तरुण दलका केन्द्रीय सदस्य देव लामा, नेविसङ्घका पूर्वकेन्द्रीय सदस्यद्वय बद्री अर्याल र दीपक सोनी, कांग्रेस महाधिवेशन प्रतिनिधि गीता गुरुङ, पाटन बहुमुखी क्याम्पसका पूर्वस्ववियु सभापति लाओसकुमार राईलगायतले मङ्सिरभित्र नियमित महाधिवेशन गर्न नसके केन्द्रीय समिति भङ्ग गरी तदर्थ समिति गठन गरिनुपर्ने, युवाका नाममा २० वर्षअघिदेखि तीन जना व्यक्तिको मात्र प्रतिनिधित्व भइरहने परिपाटीको अन्त्य गर्न माग गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ