२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस महाधिवेशन सबैको सहमतिमा समयमै हुनुपर्छः नेता शाही

२०८२, २२ कार्तिक शुक्रबार १४:४४

काठमाडौँ | नेपाली कांग्रेस मुगुका सभापति ऐनबहादुर शाही ठकुरीले कांंग्रेसको १५औँ महाधिवेशन सबै पक्षको सहमतिमा समयमै हुनुपर्ने बताउनुभएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनका दुई मिति प्रस्ताव भएको सन्दर्भमा नेता शाहीले सञ्चारकर्मीसँग कुरा गर्दै दुवै पक्षले सहमति गरी सबैलाई मान्य हुनेगरी महाधिवेशन गर्न आग्रह गर्नुभएको हो ।

उहाँले भन्नुभयो, “पन्ध्रौँ महाधिवेशन गर्नुपर्ने मितिका सम्बन्धमा पार्टीमा अहिले दुई धार देखिएको छ, दुई पक्ष बसेर सहमतिका साथ सबैलाई मान्य हुनेगरी मिति प्रस्ताव गर्दा उपयुक्त हुन्छ ।”

जेनजी आन्दोलनको भावनाअनुसार कांग्रेस पार्टी पनि अघि बढ्नुपर्ने धारणा व्यक्त गर्दै नेता शाहीले कांग्रेसको आगामी महाधिवेशनमा युवाको प्रतिनिधित्व बढाउन सहभागिता सुनिश्चित गर्नुपर्ने उल्लेख गर्नुभयो ।

यही कात्तिक १८ गतेको केन्द्रीय समिति बैठकमा महामन्त्री गगनकुमार थापा र सहमहामन्त्री महेन्द्र यादवले महाधिवेशनसम्बन्धी छुट्टाछुट्टै दुई तालिकासहितका व्यक्तिगत प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । महामन्त्री थापाले आगामी पुस १६ देखि १९ गतेसम्म र सहमहामन्त्री महेन्द्र यादवले २०८३ वैशाख २७ देखि ३० गतेसम्म १५औँ महाधिवेशन गर्ने प्रस्ताव गर्नुभएको थियो ।

कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले भने महाधिवेशनका सन्दर्भमा साझा कार्यतालिका प्रस्तुत गर्नेगरी केन्द्रीय समिति बैठकमा छलफल भइरहेको जानकारी दिनुभयो । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा गत असोज २८ गतेदेखि कांग्रेस केन्द्रीय समिति बैठक जारी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति