२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेता कार्यकर्तालाई पार्टीमा फर्किन अध्यक्ष यादवको आह्वान

२२ कार्तिक २०८२, शुक्रबार १५:५९

काठमाडौँ | जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा विभिन्न कारण र कालखण्डमा दल छाडेका सम्पूर्ण नेता तथा कार्यकर्तालाई मूलधारमा फर्कन आह्वान गर्नुभएको छ ।

ललितपुरको इमाडोलमा अध्यक्ष यादवको अध्यक्षतामा सम्पन्न केन्द्रीय समिति बैठकले विगतमा पार्टीको श्रीवृद्धि र आन्तरिक जीवनमा ठूलो योगदान पु¥याएका कार्यकर्तालाई पुरानो घरमा फर्किन आह्वान गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

“पार्टी स्थापनाकालदेखि विगतमा जे–जस्तो कारणले असन्तुुष्ट भएर पार्टी छाडे पनि पुरानै घरमा फर्किन आह्वान गर्दछु”, अध्यक्ष यादवले भन्नुभयो, “जसपा नेपाल हामी सबैको साझा सङ्गठन भएकाले जुनै कारणले पार्टी परित्याग गरे पनि पुनः फर्किन कसैले अप्ठ्यारो मान्नु पर्दैन ।”

अध्यक्ष यादवले पार्टीमा फर्कने नेता तथा कार्यकर्तालाइ क्षमता, दक्षता, भूमिका र योग्यताअनुसार पार्टीमा उचित स्थान र जिम्मेवारी दिइने स्पष्ट पार्नुभयो । उहाँहरुको स्वागतका लागि पार्टीकोे ढोका खुला रहेको अध्यक्ष यादवले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक