२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजस्व चुहावटमा देखिएको कमजोरी आपसी समन्वयबाट समाधान गर्नुपर्छः अर्थमन्त्री खनाल

२२ कार्तिक २०८२, शुक्रबार १६:१२

काठमाडौँ | अर्थमन्त्री रामेश्वरप्रसाद खनालले राजस्व चुहावटमा देखिएका कमीकमजोरी सरोकार भएका निकायसँग आवश्यक सहकार्य र समन्वय गरी समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ ।

आज वीरगञ्ज भन्सार कार्यालयमा भएको राजस्व चुहावट नियन्त्रण समन्वय समितिको बैठकमा अर्थमन्त्री खनालले चोरीतस्करी नियन्त्रणका लागि सरोकार भएका निकायबीच समन्वय गरेर काम गर्न सबैलाई अनुरोध गर्नुभयो । उहाँले झोलेपोके तस्करीलाई बाटोमा समात्नेभन्दा पनि जहाँ पुर्‍याइन्छ सोही ठाउँबाट नियन्त्रण लिन सरोकार भएका निकायलाई निर्देशन दिनुभयो ।

“दैनिक गुजरा चलाउनका लागि सरसमान ल्याउने र तस्करी गर्नेबीच छुट्याएर आवश्यक कारबाही प्रक्रिया अघि बढाउनका लागि अनुरोध गर्दछु”, अर्थमन्त्री खनालले भन्नुभयो । राज्यका सबै निकायले एकापसमा समन्वय र सहकार्य गरेर राजस्व चुहावट नियन्त्रणमा प्रभावकारी कदम चाल्नुपर्ने उहाँले धारणा व्यक्त गर्नुभयो ।

“सबै निकाय एउटै हौँ । परस्पर प्रतिस्पर्धी होइनौँ । राजस्वको जिम्मेवारी अर्थमन्त्रालयको मात्रै नभएर राज्यका सबै निकायको हो । त्यसैले हातेमालो गरेर काम गर्न जरुरी छ”, मन्त्री खनालले भन्नुभयो, “राजस्व चुहावटमा देखिएका कमीकमजोरी संयुक्त रूपमा मिलेर समाधान गर्नका लागि निर्देश गर्दछु ।”

अर्थमन्त्री खनालले स्थानीय प्रशासन, भन्सार कार्यालय, तीनवटै सुरक्षा संयन्त्रसहित सरोकार भएका सबै निकायबीच एकापसमा समन्वय र सहकार्य गरी अवैध चोरीपैठारी र निकासी रोक्न प्रभावकारी काम गर्नुपर्नेमा जोड दिनुभयो । “तीनवटै सुरक्षा निकायले पनि सूचना समन्वयमा सहकार्य गर्न जरुरी छ”, उहाँले भन्नुभयो, “सुरक्षा निकायबाट बरामदी लक्ष्य बढाउने विषय पनि त्यति राम्रो होइन । सोतर्फ ध्यान दिन आग्रह गर्दछु ।”

अर्थमन्त्री खनालले सीमामा बस्ने कर्मचारी तथा राजस्वसँग सम्बन्धित कर्मचारीहरूले सेवाग्राहीसँग बोली र व्यवहारमा नम्र र सभ्य व्यवहार गर्नुपर्ने बताउनुभयो । सेवाग्राहीका लागि हामी खटिएकाले उहाँहरूको भावनाअनुसार काम गर्न सबै कर्मचारीलाई उहाँले आह्वान गर्नुभयो ।

अर्थमन्त्रालयका महाशाखा प्रमुख उत्तरकुमार खत्रीले चोरीतस्करी नियन्त्रण गर्ने अहिले उपयुक्त समय भएको बताउनुभयो । “अहिले काम गर्नका लागि कुनै पनि राजनीतिक दबाब र प्रभाव नआउने भएकाले पनि सही ढङ्गले कार्यसम्पादन गर्न अनुरोध गर्दछु”, उहाँले भन्नुभयो, “राजस्व चुहावट नियन्त्रणमा सक्रिय भई लाग्न निर्देश गर्दछु ।”

राजस्व अनुसन्धान विभागका महानिर्देशक तीर्थराज चिलुवालले सीमा क्षेत्रबाट हुने तस्करी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरोकार भएका सबैसँग अनुरोध गर्नुभयो । भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले राजस्व चुहावट नियन्त्रणका लागि संयुक्त प्रयास जरुरी रहेकामा जोड दिनुभयो ।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले राजस्व चुहावट नियन्त्रणका लागि सरोकार भएका निकायसँग सहकार्य र समन्वय गरी योजनाबद्ध कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले वीरगञ्ज भन्सार कार्यालयको राजस्व सङ्कलन उत्साहजनक भएको बताउनुभयो । “चालु आवको तीन महिनामा लक्ष्यको ८९ प्रतिशत राजस्व सङ्कलन भएको छ”, उहाँले भन्नुभयो, “गत आवको तीन महिनाको तुलनामा राजस्व सङ्कलन १२ दशमलव ३४ प्रतिशतले वृद्धि भएको छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक