२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वमन्त्री आलामको निधनप्रति कांग्रेसद्वारा शोकप्रस्ताव पारित

२३ कार्तिक २०८२, शनिबार १६:५१

काठमाडौँ | नेपाली कांग्रेसले पार्टीका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधनप्रति शोकप्रस्ताव पारित गरेको छ ।

पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज बसेको पार्टीको आकस्मिक केन्द्रीय कार्यसमितिको बैठकले शोकप्रस्ताव पारित गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं रौतहट जिल्लाका पूर्वसभापति ६३ वर्षीय आलमको गएराति काठमाडौँको सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा भएको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

विसं २०१९ असार ५ गते रौतहटको राजपुर फरहदवा गाविस– ४ मा जन्मनुभएका आलमले विसं २०३६ देखि नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा प्रारम्भ गर्नुभएको थियो । राजनीतिक जीवनमा उहाँले पटकपटक मन्त्री पदको जिम्मेवारी सम्हाल्नुभएको कांगेसले जनाएको छ ।

विसं २०५३ को उपनिर्वाचन, २०५६ को आम निर्वाचन, २०६४ को संविधानसभाको निर्वाचन र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा रौतहट क्षेत्र नं २ बाट उहाँ विजयी हुनुभएको थियो । विसं २०६७ मा सम्पन्न पार्टीको बाह्रौँ महाधिवेशनमा उहाँ नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा निर्वाचित हुनुभएको थियो ।

नेपालमा लोकतन्त्र स्थापना र पुनःस्थापनाका आन्दोलन र सङ्घर्षका क्रममा उहाँले पटकपटक जेल जीवन व्यतित गर्नुका साथै स्वर्गीय आलमले पार्टीको विभिन्न पदीय जिम्मेवारीमा रहेर नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको कांग्रेसले जनाएको छ ।

आमलको आत्माको चिर शान्तिको कामना गर्दै केन्द्रीय कार्यसमितिको आजको बैठकले एक मिनेट मौन धारण गर्ने निर्णयसमेत गरेको छ ।

बैठकले आलमको निधनमा विसं २०८२ कात्तिक २२, २३ र २४ गते (तीन दिनसम्म) पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालमा झण्डा आधा झुकाउने, २०८२ कात्तिक २३ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने र स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको मुख्यसचिव पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक