असोज ११, काठमाडौं । स्थानीय तहको निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ मा भएको मतगणना अन्तर्गत १ सय ३६ स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा माओवादी केन्द्र "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ११, काठमाडौं । स्थानीय तहको निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ मा भएको मतगणना अन्तर्गत १ सय ३६ स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा माओवादी केन्द्र "/>
९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश २ को निर्वाचनमा माओवादी केन्द्र तेश्रो !

११ आश्विन २०७४, बुधबार ०१:५४

असोज ११, काठमाडौं । स्थानीय तहको निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ मा भएको मतगणना अन्तर्गत १ सय ३६ स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा माओवादी केन्द्र चौथो स्थानमा देखिएपनि समग्रमा तेश्रो स्थानमा देखिएको छ ।

अझै केहि स्थानीय तहको निर्वाचनको नतिजा आउन भने बाँकी छ । वीरगञ्ज महानगरसहित तीन ठाउँको मतगणना अझै जारी रहँदा हालसम्म मतपरिणाम आईसकेका स्थानीय तहहरुमा कांग्रेसले ३९, संघीय समाजवादी फोरमले २५ र राजपाले २४ स्थानीय तह जितेका छन् । त्यस्तै माओवादी केन्द्रले २१ स्थानीय तह जित्दा एमाले १८ वटामा विजयी भएको छ । तर पपुलर भोटको आधारमा यो परिणामले कांग्रेस, एमाले र माओवादीलाई नै क्रमश पहिलो, दोश्रो र तेश्रो पार्टीको रुपमा मत दिएको देखिएको छ । 

पाँचौं स्थानमा रहेको एमाले पपुलर भोटको आधारमा दोस्रो स्थानमा छ । निर्वाचन आयोगका अनुसार प्रदेश नम्बर २ मा २६ लाख ६४ हजार नौ सय ५० मतदाता रहेका मध्ये ७६ दशमलव ०८ प्रतिशत अर्थात् २० लाख २७ हजारभन्दा बढी मत खसेको छ ।

प्रदेश नम्बर २ मा मत खसेकोमध्ये अहिलेसम्मको नतिजा मध्ये कांग्रेसले चार लाख १३ हजार पाएको छ । २०७० को निर्वाचनमा प्रदेश नम्बर २ को निर्वाचनमा कांग्रेसले २१.८ प्रतिशत मत पाएकोमा अहिले पनि त्यसकै हाराहारीमा मत पाएको छ । त्यस्तै एमालेले ३ लाख ८ हजार मत पाएको छ । एमालेले पाएको यो मत २०७० को दोस्रो संविधानसभामा उसले पाएको मतको तुलानामा कम हो । त्यसबेला एमालेले १९ दशमलव ४ प्रतिशत मत पाएको थियो । अहिले उक्त परिणाम घटेर १५ प्रतिशतको हाराहारीमा झरेको छ  ।

त्यस्तै प्रदेश नम्बर २ को स्थानीय तहको पपुलर मतलाई आधार मान्ने हो भने माओवादी केन्द्र र एमाले हाराहारीमा देखिएका छन् । माओवादीले २ लाख ९२ हजार मत पाएको छ । माओवादीको यो परिणाम अघिल्लो निर्वाचनमा भन्दा राम्रो हो ।

त्यस्तै मधेसी दलहरु संघीय समाजवादी फोरम र राजपाबीच कडा टक्कर छ । पपुलर मतलाई हेर्दा राजपा भन्दा संघीय फोरम अगाडी छ ।  संघिय फोरमले बिरगंजमा जित दर्ता गराउने बलियो स्थिति छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो