२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारले उद्योगी व्यवसायीहरुको सुरक्षा पहिलेभन्दा अझ रचनात्मक रुपमा दिन्छ : गृहमन्त्री ओमप्रकाश अर्याल

२३ कार्तिक २०८२, शनिबार १८:००

काठमाडौँ | गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनको क्रममा घुसपैठ हुँदा अपराधिक तत्वहरुले प्रवेश पाएको र देशमा क्षति पुर्याएको बताएका छन् । त्यसलाई राज्यले सम्बोधन गरेको पनि उनको भनाइ छ । शनिबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक बहस २.० कार्यक्रममा बोल्दै उनले ३८० जनालाई पक्राउ र १५० जनालाई विभिन्न मुद्दाहरु चलेको जानकारी दिँदै कानुनी राज्यको वहाली भइसकेको बताएका हुन् ।

मन्त्री अर्यालले सरकारले उद्योगी व्यवसायीहरुको सुरक्षा पहिलेभन्दा अझ रचनात्मक रुपमा दिने दावी गरे । उनले भने,‘जेनजी आन्दोलनको क्रममा घुसपैठ भयो । त्यहाँ अपराधिक तत्वहरुले प्रवेश पाए र क्षति गरे । तर त्यसलाई राज्यले सम्बोधन गरेको छ । ३८० जनालाई पक्राउ गरेको छ । १५० जनालाई विभिन्न मुद्दाहरु चलेको छ । त्यसैले कानुनी राज्यको वहाली भइसकेको छ । यसमा सरकार प्रतिबद्ध छ । उद्योगी व्यवसायीहरुको सुरक्षा सरकारले पहिलेभन्दा रचनात्मक रुपमा दिने छ ।’

त्यस्तै, उनले अब कुनै नेता र मन्त्रीलाई रिझाउनुपर्ने अवस्था नरहेको भन्दै सुशासनको मामिलामा अब फरक ढंगले हेरिदिन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक