२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मुख्यमन्त्री नियुक्तिविरुद्ध अदालत जानेः कांग्रेस नेता यादव

२५ कार्तिक २०८२, सोमबार १५:१८

काठमाडौँ | नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्णाप्रसाद यादवले मुख्यमन्त्री नियुक्ति प्रक्रिया गैरकानुनी भएको भन्दै सर्वाेच्च अदालतमा मुद्दा दायर गर्ने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेश संसदीय दलका नेता सरोजकुमार यादव आज मुख्यमन्त्री पदमा नियुक्त हुनुभएपछि जनकपुरधाममा आयोजित विरोध कार्यक्रममा पत्रकारहरूसँग सङ्क्षिप्त कुराकानी गर्दै नेता यादवले कानुनी लडाइँअन्तर्गत सर्वोच्च अदालतमा मुद्दा दायर गर्नलागेको स्पष्ट गर्नुभयो ।
एमाले पार्टी बाहेकका ७४ जना प्रदेश सांसदको हस्ताक्षरसहित आफूहरू अदालती प्रक्रियामा जान लागेको उहाँले जानकारी दिनुभयो ।

नेपालको संविधानको धारा १६८ को उपधारा–२ बमोजिम कांग्रेससहित विभिन्न सात दलसम्बद्ध सांसदको साथ र सहयोगमा अदालत जान लागेको नेता यादवले बताउनुभयो ।

यसअघि लोसपाका नेता जितेन्द्रप्रसाद सोनलले विश्वासको मत लिन नसक्ने वातावरण सिर्जना भएपछि प्रदेश मुख्यमन्त्रीको पदबाट राजीनामा दिनुभएको थियो । मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज बिहानै एमाले नेता यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएपछि कांग्रेससहितका सात राजनीतिक दल सो कदमको विरोधमा राजनीतिक तथा कानुनी लडाइँमा उत्रिएका छन् ।

यसैबीच मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा–१६८ को उपधारा–३ बमोजिम सरोजकुमार यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको उहाँको सचिवालयले स्पष्ट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान