असोज १५, काठमाडौं । नेकपा एमालेले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा वामपन्थी दलहरुसँग तालमेल र सहकार्य गर्ने निर्णय गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको काठमाडौंमा उपलब्ध स्थायी कमिटीका सदस्यहरुको बैठकले आगामी नि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १५, काठमाडौं । नेकपा एमालेले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा वामपन्थी दलहरुसँग तालमेल र सहकार्य गर्ने निर्णय गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको काठमाडौंमा उपलब्ध स्थायी कमिटीका सदस्यहरुको बैठकले आगामी नि"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आगामी निर्बाचनमा एमालेले माओवादीसहित वामपन्थी दलहरुसँग तालमेल गर्ने

१५ आश्विन २०७४, आईतवार १३:५१

असोज १५, काठमाडौं । नेकपा एमालेले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा वामपन्थी दलहरुसँग तालमेल र सहकार्य गर्ने निर्णय गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको काठमाडौंमा उपलब्ध स्थायी कमिटीका सदस्यहरुको बैठकले आगामी निर्वाचनमा वामपन्थी दलहरुसँग तालमेल गर्ने निर्णय गरेको हो ।

एमालेले सत्तारुढ नेकपा माओवादी केन्द्रसँगको तालमेलको प्रयासलाई प्राथमिकतामा राखेको छ । बैठकले बहुमतसहित एमाले नेतृत्वको सरकार बनाउने निर्णयसमेत गरेको छ ।

चुनावको रणनीति र उम्मेदवारबारे छलफल गर्न बसेको बैठकले ‘देशभक्त, प्रगतिशील र वामपन्थी शक्तिसँग तालमेल गर्ने र आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको हो ।

बैठकले चुनावी तालमेलको अन्तिम निर्णय गर्ने अधिकार स्थानीय पार्टी कमिटीलाई नै दिएको छ ।

एमाले चुनावका लागि उम्मेदवार छनोट र घोषणापत्र निर्माणलगायतका कामलाई पनि अघि बढाउने निर्णय गरेको छ ।

प्रदेश कमिटीको बैठकले आगामी असोज २२ र २३ गते उम्मेदवारको सिफारिस स्थायी कमिटी बैठकमा प्रस्तुत गर्नुपर्नेछ ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचन आगामी मंसिर १० र २१ गते दुई चरणमा हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो