२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशी पर्यटकलाई ठगी गरेको आरोपमा एक पक्राउ

२९ कार्तिक २०८२, शुक्रबार १८:१४

काठमाडौँ | विदेशी पर्यटकलाई यात्रा सहजीकरणको बहानामा अनलाइन ठगी गर्ने व्यक्तिलाई पक्राउ गरी मुद्दा चलाइएको छ ।

विदेशमै रहेका पर्यटकलाई नेपाल भ्रमणमा सहजीकरण गर्ने भनेर अनलाइनबाटै सम्झौता गरी ठगी गरेको आरोपमा सुर्खेत बराहताल गाउँपालिका–३ घर भई अल्टिट्युड राइडर्स प्रालिका संस्थापक ४० वर्षीय विशु सिञ्जालीलाई पक्राउ गरिएको प्रहरीको साइबर ब्यूरोले जानकारी दिएको छ ।

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले उनलाई रोल्पा प्रहरीको सहयोगमा पक्राउ गरी काठमाडौँ ल्याएर मुद्दा चलाइएको जानकारी दिनुभयो । प्रवक्ता अवस्थीले भन्नुभयो, “पर्यटकको जाहेरीपछि पक्राउ गरी उनलाई काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको थियो, अदालतले अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको छ ।”

उहाँका अनुसार अनुसन्धानमा सिञ्जालीले नेपालमा मेरो अल्टिट्युड राइडर्स प्रालि कम्पनी रहेको र सो कम्पनीले तपाईँहरूलाई नेपालस्थित मोटरसाइकल राइडको व्यवस्था गरिदिनेछ भनी म्यासेन्जरमा कुराकानी गरी पोल्यान्डका १३ जना पर्यटकलाई विश्वासमा पारेका खुलेको छ ।

उनका अनुसार सिञ्जाली राइडर्सको लागि मोटरसाइकल राइड, खाना, बस्न, अन्य सपोर्टसमेतको सम्पूर्ण प्याकेजसहित सेवा दिने शर्तमा नेपाल भ्रमणका लागि सम्झौता भएको सात दिनभित्र ३० प्रतिशत रकम लिएर शर्तबमोजिमका सेवा प्रदान नगरी सम्पर्कविहीन भएका थिए ।

त्यसपछि विद्युतीय माध्यमसम्बद्ध ठगी कार्य भएको भनी पीडित पोल्यान्डका नागरिकको निवेदनका आधारमा खोजतलास गर्दा उनी रोल्पामा भएको पत्ता लागेपछि ब्यूरोको टोलीले रोल्पा प्रहरीको सहयोगमा पक्राउ गरी काठमाडौँ ल्याएको ब्यूरोले आज सूचनामार्फत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला