२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धरानमा अर्थोडोन्टिकसम्बन्धी १६औँ अन्तरराष्ट्रिय सम्मेलन

३० कार्तिक २०८२, शनिबार १७:५४

काठमाडौँ | धरानमा अर्थोडोन्टिकसम्बन्धी १६औँ अन्तरराष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । ओडान (अर्थोडोन्टिक एण्ड डेन्टोफेसियल अर्थोपेडिक एसोसिएशन अफ नेपाल) र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको संयुक्त आयोजनामा गत शुक्रबारदेखि सुरु भएको सम्मेलन आज सम्पन्न भएको हो ।

धरानमा पहिलोपटक आयोजना गरिएको सम्मेलनमा ११ जना भारतीय र ९० जना नेपाली चिकित्सकको सहभागिता थियो । सम्मेलन आयोजक समितिका अध्यक्ष तथा प्रतिष्ठानका सह प्राध्यापक डा प्रभात रञ्जन पोख्रेलले जानकारी दिनुभयो ।

सम्मेलनमा विज्ञहरूले अर्थोडोन्टिक तथा डेन्टोफेसियल अर्थोपेडिक्ससम्बन्धी नयाँ प्रविधि, अनुसन्धान र अनुभवबारे कार्यपत्र र प्रस्तुति दिनुभएको थियो । शुक्रबार भएको कार्यशालामा चिकित्सकले आफ्ना व्यावहारिक अनुभव प्रस्तुत गर्नुभएको थियो भने आज शनिबार ११ वटा सोधपत्र प्रस्तुत गरिएको थियो ।

सम्मेलनमा क्लियर अलाइनर्स, सेल्फ लिगेटिङ ब्र्याकेट्स, टेम्पररी एंकरिज डिभाइस र डिजिटल ट्रिटमेन्ट योजनालगायत प्रविधि समावेश गरिएको थियो । विशेष गरी भारतमा सामान्यतया प्रयोगमा नआएका सामग्री र बाङ्गा दाँत मिलाउने नयाँ प्रविधि पनि सम्मेलनमा प्रस्तुत गरिएको थियो । भारतीय विशेषज्ञ प्रा डा अभिषेक घोस, प्रा डा अभिषेक गुप्ता र डा अभिराम चेरुकुरीले विशेष प्रस्तुति दिनुभएको थियो ।

डा पोख्रेलका अनुसार, अर्थोडोन्टिक चिकित्सा दाँत र जबडाको असमान्य स्थिति सुधार गरी अनुहारको सौन्दर्य, दाँतको स्वास्थ्य र चपाइको क्षमता सुधारमा सहयोग पुग्ने भएकाले नेपालमा यस्ता नयाँ प्रविधि र उपचार विधि छिटो भित्र्याउन यस्ता सम्मेलन उपयोगी रहेको बताउनुभयो ।

त्यस अवसरमा प्रा डा रवीन्द्रमान श्रेष्ठलाई सम्मान गरिएको थियो । कार्यक्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा विक्रम श्रेष्ठलगायत दुई देशका चिकित्सकको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…