२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारी अस्पतालको सेवा गुणस्तरीय र भरपर्दाे : स्वास्थ्यमन्त्री गौतम

२ मंसिर २०८२, सोमबार १७:३३

काठमाडौँ | स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले सरकारी अस्पतालहरूबाट दिइने सेवा गुणस्तरीय एवम् सस्तो हुने भएकाले ढुक्क भएर उपचार गर्न आम सर्वसाधरणसँग अनुरोध गर्नुभएको छ ।

वीर अस्पतालको अनुगमन गर्दै सरकारी अस्पतालहरूमा राम्रो र भरपर्दाे सेवा पाइँदैन कि भन्ने सोचबाट मुक्त भई स्रोतसाधनसहित अनुभवी जनशक्ति भएको सरकारी अस्पतालबाट सेवा लिन सबैसँग अनुरोध गर्नुभयो ।

मन्त्री डा गौतम भन्नुभयो, “सरकारी अस्पताल त्यसमाथि पनि वीर अस्पतालको सेवा निजीको भन्दा कम छैन । निर्धक्क भएर उपचार गर्नाेस् । अस्पतालको सेवाप्रति ढुक्क हुनोस् र लाभान्वित हुनोस् ।” “वीर अस्पतालमा उपकरण र जनशक्तिको समस्या देखिएको छ । परामर्श सेवामा कमजोर रहेछाँै । ‘नर्स’को सङ्ख्या बढाउनुपर्ने भन्ने माग आयो । त्यसतर्फ अस्पताल व्यवस्थापनको ध्यान जान आवश्यक छ,” उहाँले भन्नुभयो ।

शल्यक्रियाका लागि लामो समय पर्खिनुपर्ने भन्ने जनगुनासो सम्बोधन गर्न निर्देशन दिँदै उहाँले केन्द्रीयसहित प्रादेशिक अस्पतालहरूको क्षमता वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री गौतमका अनुसार मानसिक स्वास्थ्यसम्बन्धी परामर्श सेवा र श्रमिकका लागि ‘टेलिमेडिसिन’ सेवा सञ्चालन गर्नु अस्पतालको सबल पक्ष हो । उहाँले वीर अस्पतालको जनशक्ति तथा उपकरण व्यवस्थापनका क्षेत्रमा सक्दो सहयोग प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला