२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जथाभावी औषधि सेवन नगर्न मन्त्री डा गौतमको आग्रह

३ मंसिर २०८२, मंगलवार १७:२४
काठमाडौँ | आजदेखि विश्व प्रतिजैविक प्रतिरोध अर्थात् एन्टिमाइक्रोबियल रेसिस्टेन्स सचेतना सप्ताह नेपालमा पनि मनाइँदैछ । सप्ताह मनाउने क्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले आज भिडियो सन्देश दिँदै जथाभावी औषधिको सेवन नगर्न आग्रह गर्नुभएको छ ।
मन्त्री डा गौतमले चिकित्सकले लेखेको औषधि पूर्ण डोजमा र आवश्यक मात्रामा खानहुन अनुरोध गर्दै अनावश्यक जथाभावी औषधि, एन्टिबायोटिक औषधि र एन्टिमाइक्रोबियल औषधि सेवन नगर्न आग्रह गर्नुभयो । उहाँले एन्टिबायोटिक र अन्य एन्टिमाइक्रोबियल्स औषधिको जथाभावी प्रयोगले एन्टिबायोटिक रेसिस्टेन्स भन्ने अवस्था सिर्जना हुने उल्लेख गर्दै चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक र अन्य एन्टिमाइक्रोबियल्स औषधि सेवन नगर्न आग्रह गर्नुभयो ।
सन्देशमा मन्त्री डा गौतमले उपचारका क्रममा सामान्य औषधिले नछोएर एन्टिबायोटिक र अन्य एन्टिमाइक्रोबियल्स औषधिको प्रयोगले अलि हाम्रो बिमारी नै पनि निको नभएर गम्भीर स्वास्थ्यमा असर पर्ने अवस्थासम्म पुर्याउने गरेको बताउनुभयो ।
“हामीलाई सामान्य औषधिले नछोएर, अलि हाम्रो बिमारी नै पनि निको नभएर गम्भीर स्वास्थ्यमा असर पर्ने अवस्थासम्म हामी पुग्न सक्छौँ । त्यसैले हामीले जँचाएर आवश्यक मात्रामा र आवश्यक औषधि मात्रै प्रयोग गर्नुपर्छ,” मन्त्री डा गौतमले सन्देशमा भन्नुभएको छ । उहाँले जथाभावी एन्टिबायोटिक औषधि किनेर खाने गर्नाले, खाद्य सामग्रीमा मिसाएर खानाले र  पशुपन्छीको आहारका रुपमा खुवाउँदा पनि एन्टिबायोटिक रेसिस्टेन्स हुन सक्ने बताउनुभयो ।
मन्त्री डा गौतमले अस्पतालमा आइपुग्ने बिरामीमा विभिन्न औषधिले काम नगर्दा–नगर्दा अति नै कडा खालका औषधि दिनुपर्ने हुन्छ र त्यो औषधिले पनि निको नहुने अवस्था सिर्जना हुन सक्ने बताउनुभयो । उहाँले सबैको सहभागितामा मुलुकबाट प्रतिजैविक प्रतिरोध (एन्टिमाइक्रोबियल रेसिस्टेन्स) हुने औषधिका रेसिस्टेन्स कम गर्नलाई सक्रिय भूमिका खेल्न अनुरोध गर्नुभएको छ ।
यस्तै सप्ताहकै अवसरमा स्वास्थ्य सचिव डा विकास देवकोटाले विवेकपूर्ण तरिकाले औषधि प्रयोगको गर्नुपर्ने बताउनुभयो । उहाँले प्रतिजैविक प्रतिरोध (एन्टिमाइक्रोबियल रेसिस्टेन्स)  स्वास्थ्य उपचारमा एक जटिल समस्या बन्दै आइरहेकाले यसलाई समयमै सम्बोधन गर्न सकेनौँ भने भोलि स्वास्थ्य प्रणालीले नराम्रो हार क्षति व्यहोर्नुपर्ने हुनसक्ने बताउनुभयो । उहाँले एन्टिमाइक्रोबियल रेसिस्टेन्स चुनौतीको सामना गर्न एन्टिमाइक्रोबियल स्टिवार्डसिप अस्पताल स्तरमा प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
“हामीले स्वास्थ्य संस्थाहरूमा औषधि प्रयोगको निगरानी, डेटा÷तथ्याङ्क अभिलेख र चिकित्सकहरूको क्षमता विकासलाई प्राथमिकता दिएका छौँ,” उहाँले भन्नुभयो, “एन्टिमाइक्रोबियल स्टिवर्डसिप कार्यक्रम केवल नीति नभई, व्यवहार परिवर्तनको यात्रा हो जसमा स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता अत्यावश्यक छ ।”
मन्त्रालयले औषधिको प्याकेटमा रातो धर्का दिएका औषधि स्वास्थ्यकर्मीको प्रेस्क्रिप्सन बिना सेवन गर्न÷नगर्न आग्रह गरेको छ । ‘प्रतिजैविक प्रतिरोध रोकथाममा आजैबाट जुटौँ, हाम्रो वर्तमान जोगाऔँ, भविष्य सुरक्षित पारौँ’ नाराका साथ विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह देशव्यापी रुपमा मनाइँदैछ । सप्ताह मङ्सिर ८ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला