२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्राफिक प्रहरीद्वारा फेला परेका सवारीसाधान हस्तान्तरण

५ मंसिर २०८२, बिहीबार १६:०२

काठमाडौँ | प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हराएका ५१ दुईपाङ्ग्रे सवारीसाधन फेला पारेरसम्बन्धीत धनीलाई हस्तान्तरण गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट विभिन्न मितिमा चोरी भएका ३३ मोटरसाइकल र १८ स्कुटर गरी ५१ दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर आज सम्बन्धीत धनीलाई बुझाएको हो ।

ट्राफिक कार्यालयमा आज आयोजित कार्यक्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) ओमप्रसाद अधिकारी र ट्राफिक कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)नवराज अधिकारीले संयुक्त रूपमा धनीलाई हस्तान्तरण गर्नुभयो ।

ट्राफिक कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजेरसम्बन्धीत धनीलाई हस्तान्तरण गरिएको कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले जानकारी दिनुभयो । खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा फेला परेको थियो ।

ट्राफिक प्रहरीले उपत्यकाको गोङ्गबु, नयाँबसपार्क, बालाजु, सीतापाइला, रानीबारी, बौद्ध, बालकुमारी, कोटेश्वर, काँडाघारी, पुतलीसडक, अनामनगर, सिंहदरबार, मालिगाउँ, गठ्ठाघर, लुभुलगायतका क्षेत्रबाट उक्त सवारीसाधन फेला पारेको थियो ।

ट्राफिक प्रहरीले चालू आवमा उपत्यकाका विभिन्न स्थानबाट हराएका ९१ दुई पाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धीत धनीलाई जिम्मा लगाइसकेको छ भने चोरीमा संलग्न १९ जनालाई पक्राउ गरेको छ ।

ट्राफिक कार्यालयले आव २०८०÷०८१ मा ४१७ र ०८१÷०८२ मा ५०३ ओटा दुई पाङ्ग्रे सवारीसाधन खोजेरसम्बन्धीत धनीलाई जिम्मा लगाइसकेको छ ।

सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरन जडान गर्न साथै मानिसको आवत–जावत नहुने एकान्त स्थानमा सवारी साधन पार्किङ नगर्न ट्राफिकले सबैलाई अनुरोध गरेको छ ।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ वा नेपाल प्रहरीको हटलाइन नं १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला