2026-09-15 06:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

नेपाली काँग्रेस पाल्पाबाट उम्मेदवार सिफारिस

असोज १८, पाल्पा । नेपाली काँग्रेस, पाल्पाले केन्द्र र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । 

नेपाली काँग्रेस, पाल्पाको मंगलबार बसेको बैठकले केन्द्रीयसभा र प्रदेशसभाका प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको नाम केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको सचिव झपेन्द्र गहिरेले जानकारी दिनुभयो । 

केन्द्रीय सभामा दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ विजयराज घिमिरे, कृष्णप्रसाद अधिकारी र समानुपातिकमा सन्दिप रानाको नाम सिफारिस गरेको हो । 

प्रदेशसभाको निर्वाचनका लागि क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ देवराज ढकालको नाम निर्विरोध सिफारिस भएको छ । त्यसैगरी, प्रदेश २ बाट प्रत्यक्षतर्फ दानबहादुर पछाई, शंकर खनाल र विजय ढकालको कन्ेद्रमा सिफारिस भएको हो । त्यसैगरी, समानुपातिकतर्फ ज्ञानबहादुर गाहा, नेत्र भट्टराई, रुपा विक, विष्णुकुमारी थापा, डिल्लीराम रेग्मी र कृष्णप्रसाद भट्टराई रहेका छन् । 

त्यसैगरी, केन्द्रीय सभाका लागि क्षेत्र नम्बर २ बाट हरिप्रसाद नेपाल, वीरबहादुर राना, राजनप्रसाद पन्त, डा रामप्रसाद ज्ञवाली र समानुपातिकतर्फ अम्बिका पौडेल, बसन्ती घिमिरे, विधान श्रेष्ठ, शोभा शाक्य, क्रान्ता बोहोरा, सारदा नेपाल, दमिका मियाँलाई सिफारिस गरेको छ । 

प्रदेशका लागि क्षेत्र १ बाट ओमप्रसाद पोखरेल, खडकबहादुर कुँवर, जुद्धबहादुर थापा, ढुङ्गीराज पोखरेल, पदम न्यौपाने, विमल ढकाल, विनोद कार्की, मदन आचार्य, रामचन्द्र पाण्डेय, रामबहादुर कार्की, लक्ष्मण रायमाझी, लक्ष्मण खनाल, शंकर रायमाझी, सीतादेवी पोखरेल, हीराधर आचार्य प्रत्यक्षतर्फ केन्द्रमा नाम सिफारिस गरेको काँग्रेसले जनायो । 

त्यसैगरी, प्रदेश नम्बर २ का लागि प्रत्यक्षतर्फ माधव नेपाल, प्रदीप उदय, यमलाल तिमिल्सेना, रमा पन्त, हिमालदत्त श्रेष्ठ, सुनिता अधिकारी, सरस्वतीप्रसाद बस्याल र रामेश्वर पन्थी रहेका छन् । समानुपातिकतर्फ प्रदेश १ मा सीता नेपाल, लक्ष्मी गहिरे, माया खनाल, अम्मरबहादुर थापा, क्रान्ता अधिकारी, गिरिजा गहिरे, दिवाकर अर्याल, धनबहादुर रायमाझी र नलबहादुर राना रहेका छन् । 

त्यसैगरी, प्रदेशसभाका लागि २ नं बाट समानुपातिकतर्फ अजयमान कर्माचार्य, झपेन्द्र गहिरे, पोषकान्त बस्याल, विष्णुबहादुर गाहा, दलबहादुर राजपुतलगायत २२ जनाको नाम सिफारिस गरेकोे नेपाली काँग्रेस पाल्पाले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ