२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ममदानीसँगको भेटमा आठ शान्ति–सम्झौता गराएको ट्रम्पको दाबी

७ मंसिर २०८२, शनिबार १४:१४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको द्वन्द्व न्युनीकरणमा आफैँले निभाएको ‘केन्द्रीय भूमिका’ सम्बन्धी दीर्घकालीन दाबीलाई फेरि दोहोर्‍याउनुभएको छ ।

न्युयोर्क सहरका नवनिर्वाचित मेयर जोहरान ममदानीसँग ह्वाइट हाउसमा भएको भेटका क्रममा राष्ट्रपति ट्रम्पले यो दाबी पुनः अघि सार्नुभएको हो ।

चुनावी विजयपछि पहिलो औपचारिक अन्तरक्रियाका लागि वासिङ्टन पुग्नुभएका ममदानी र राष्ट्रपति ट्रम्पबीचको भेट ओभल अफिसमा सम्पन्न भयो । राष्ट्रपति ट्रम्पले बैठकलाई ‘उत्कृष्ट’ भन्दै उहाँसँग कुरा गर्न ‘रमाइलो’ लागेको टिप्पणी गर्नुभयो ।

संयुक्तरूपमा पत्रकारहरूसामु उभिँदा राष्ट्रपति ट्रम्पले मे महिनामा भारत–पाकिस्तानबीच उत्पन्न गतिरोधको पुनः स्मरण गर्दै दोहोर्‍याउनुभयो, “मैले भारत र पाकिस्तानसहित आठ राष्ट्रसँग आठ शान्ति सम्झौता गरेँ ।” उहाँले उक्त तनावलाई नियन्त्रणमा ल्याउन आफ्नो प्रशासनले निर्णायक भूमिका खेलेको दाबी निरन्तर गर्दै आउनुभएको छ ।

उहाँका पछिल्ला टिप्पणीहरू यसै हप्ता उहाँले बारम्बार गर्दै आएका समान अभिव्यक्तिसँग मेल खान्छन् । बुधबार राष्ट्रपति ट्रम्पले भारत र पाकिस्तान दुवैले शत्रुता अन्त्य नगरे ३५० प्रतिशतसम्म आयात शुल्क लगाइने धम्की दिएको दाबी गर्नुभएको थियो । उहाँका अनुसार, यही दबाबले दुईवटा आणविक–सशस्त्र छिमेकी राष्ट्र युद्ध–स्तरको टकरावबाट पछाडि हट्न बाध्य भए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई ‘हामी युद्धमा जाने छैनौँ’ भन्नुभएको थियो भन्ने कुरा पनि राष्ट्रपति ट्रम्पले पुनः उद्धृत गर्नुभयो । मे १० देखि जब उहाँले सामाजिक सञ्जालमा भारत–पाकिस्तानबीच वासिङ्टनले ‘सहज बनाएको’ लामो वार्तापछि ‘पूर्ण र तत्काल’ युद्धविराम भएको उल्लेख गर्नुभयो, त्यसयता उहाँले ६० भन्दा बढी पटक शान्ति सहजकरणमा आफ्नो ‘सहयोग’ रहेको दाबी दोहोर्‍याइसक्नुभएको छ ।

तर भारतले भने निरन्तर रूपमा कुनै पनि तेस्रो पक्षको मध्यस्थता अस्वीकार गर्दै आएको छ । अप्रिल २२ मा काश्मीरको पहलगाममा धर्मको नाममा गराइएको आतङ्कवादी आक्रमणमा २६ जना सर्वसाधारण मारिएपछि भारतले पाकिस्तान तथा पाकिस्तान प्रशासित काश्मीर (पिओके) स्थित आतङ्कवादी पूर्वाधारलाई लक्षित गर्दै मे ७ मा अपरेसन सिन्दूर सुरु गरेको थियो । करिब चार दिनसम्म चलेको भारी ड्रोन तथा मिसाइल आदानप्रदानपछि दुवै पक्ष मे १० मा शत्रुता अन्त्य गर्न सहमत भएका थिए ।

ह्वाइट हाउसमा नवनिर्वाचित मेयर ममदानीको उपस्थितिले न्युयोर्क सहरको नेतृत्वमा ऐतिहासिक मोड सङ्केत ग¥यो । उहाँ संयुक्त राज्य अमेरिकाको सबैभन्दा ठूलो नगरको नेतृत्व गर्ने पहिलो दक्षिण एसियाली तथा पहिलो मुस्लिम नेता बन्नुभएको छ । चुनावभरि अत्यधिक लोकप्रिय मानिनुभएका ममदानीले रिपब्लिकन कर्टिस स्लिवा तथा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्नुभएका पूर्व गभर्नर एन्ड्र्यु कुओमो दुवैलाई पराजित गर्नुभयो । कुओमोले अन्तिम क्षणमा राष्ट्रपति ट्रम्पको समर्थनसमेत प्राप्त गर्नुभएको थियो ।

भारतीय परम्परामा जन्म–जरा गढिएका मेयर ममदानी फिल्म निर्माता मीरा नायर र कोलम्बिया विश्वविद्यालयका प्रख्यात प्राध्यापक महमुद ममदानीका सुपुत्र हुनुहुन्छ । युगान्डाको कम्पालामा जन्मिनुभएका उहाँ सात वर्षको उमेरमा अमेरिकाको न्युयोर्कमा बसाइँ सर्नुभएको हो र सन् २०१८ मा अमेरिकाको नागरिकता प्राप्त गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै