२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘महिला हिंसाको कुरा मात्र गर्ने होइन, सशक्तीकरणमा ध्यान दिऔँ’

२०८२, १० मंसिर मंगलवार १८:०९

काठमाडौँ | प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले बाल्यकालदेखि नै महिला र पुरुषबीच समानता र सम्मान गर्न सिकाउनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय महिला आयोगद्वारा आज यहाँ आयोजित लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ कार्यक्रममा उहाँले लैङ्गिक हिंसा बढिरहेको बताउँदै सानैदेखि महिला पुरुषबीच एकअर्कालाई सम्मान गर्न सिकाए लैङ्गिक हिंसामा कमी आउने बताउनुभयो ।

उपसभामुख राना मगरले पछिल्लो समय महिला तथा किशोरीमा साइबर आक्रमण अत्यधिक देखिएको भन्दै यसविरुद्ध सचेतना र उहाँले हिंसा रोक्न पुरुषको पनि साथ हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “१६ दिने अभियानमा महिलाको गीत मात्र गाउने र हिंसाको कुरा मात्र गर्ने होइन, महिलालाई कसरी सशक्त बनाउने भनेर सोच्नुपर्छ । अभियान मनाउने मात्र होइन, सधैँ सबै महिलाहरु एक भएर जाग्नुपर्छ । महिलामैत्री संरचनाको विकास, महिला सशक्तीकरणका कार्यक्रम, नेतृत्व तहमा महिलाको प्रतिनिधित्व बढाउनुपर्ने आवश्यकता छ ।”

नेपाल प्रहरीअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रतिनिधि प्रहरी उपरीक्षक(एसपी)वसन्धुरा खड्काले लैङ्गिक हिंसा अन्त्य गर्न साहस, ऐक्यबद्धता र सामूहिक प्रयासको खाँचो औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, “लैङ्गिक हिंसा बढ्दो छ, तर यसलाई रोक्न प्रहरी मात्र काफी छैन, सबैको सामूहिक प्रयास जरुरी छ । सामाजिक सञ्जालमार्फत हिंसा बढी देखिने गरेको छ । यस विषयमा नयाँ ढङ्गले सोच्नुपर्ने भएको छ ।” एसपी खड्काका अनुसार २०८१/८२ मा नेपाल प्रहरीमा लैङ्गिक हिंसासम्बन्धी १८ हजार ९२६ वटा उजुरी आएका छन् ।

कार्यक्रममा मनोचिकित्सक डा वासुदेव कार्कीले डिजिटल प्रविधिलाई स्वस्थ्यकर तथा विवेकपूर्ण ढङ्गले चलाउन सके त्यसबाट हुने हिंसा तथा त्यसले उत्पन्न गराउने मानसिक असरबाट बच्न सकिने बताउनुभयो ।

साइबरविज्ञ अभिजित गुप्ताले अनलाइनमा के ‘सेयर’ गर्ने र नगर्ने बुझेर मात्र प्रयोग गर्नुपर्ने बताउँदै प्रविधिको सही प्रयोग गर्न सके हिंसाबाट बच्न सकिने बताउनुभयो । जेनजी मुभमेन्ट अलायन्सकी अभियन्ता मोनिका निरौलाले प्रविधिको फाइदा र बेफाइदा दुवै भएकाले महिलाले मात्र नभइ फरक पहिचान बोकेका समुदायले भोगेको हिंसाको पनि सम्बोधन हुुनुपर्ने बताउनुभयो ।

‘प्रविधिको सही प्रयोग गरौँः लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ आजबाट लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । यो अभियान हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १०) सम्म सञ्चालन हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति