२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘महिला हिंसाको कुरा मात्र गर्ने होइन, सशक्तीकरणमा ध्यान दिऔँ’

१० मंसिर २०८२, मंगलवार १८:०९

काठमाडौँ | प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले बाल्यकालदेखि नै महिला र पुरुषबीच समानता र सम्मान गर्न सिकाउनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय महिला आयोगद्वारा आज यहाँ आयोजित लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ कार्यक्रममा उहाँले लैङ्गिक हिंसा बढिरहेको बताउँदै सानैदेखि महिला पुरुषबीच एकअर्कालाई सम्मान गर्न सिकाए लैङ्गिक हिंसामा कमी आउने बताउनुभयो ।

उपसभामुख राना मगरले पछिल्लो समय महिला तथा किशोरीमा साइबर आक्रमण अत्यधिक देखिएको भन्दै यसविरुद्ध सचेतना र उहाँले हिंसा रोक्न पुरुषको पनि साथ हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “१६ दिने अभियानमा महिलाको गीत मात्र गाउने र हिंसाको कुरा मात्र गर्ने होइन, महिलालाई कसरी सशक्त बनाउने भनेर सोच्नुपर्छ । अभियान मनाउने मात्र होइन, सधैँ सबै महिलाहरु एक भएर जाग्नुपर्छ । महिलामैत्री संरचनाको विकास, महिला सशक्तीकरणका कार्यक्रम, नेतृत्व तहमा महिलाको प्रतिनिधित्व बढाउनुपर्ने आवश्यकता छ ।”

नेपाल प्रहरीअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रतिनिधि प्रहरी उपरीक्षक(एसपी)वसन्धुरा खड्काले लैङ्गिक हिंसा अन्त्य गर्न साहस, ऐक्यबद्धता र सामूहिक प्रयासको खाँचो औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, “लैङ्गिक हिंसा बढ्दो छ, तर यसलाई रोक्न प्रहरी मात्र काफी छैन, सबैको सामूहिक प्रयास जरुरी छ । सामाजिक सञ्जालमार्फत हिंसा बढी देखिने गरेको छ । यस विषयमा नयाँ ढङ्गले सोच्नुपर्ने भएको छ ।” एसपी खड्काका अनुसार २०८१/८२ मा नेपाल प्रहरीमा लैङ्गिक हिंसासम्बन्धी १८ हजार ९२६ वटा उजुरी आएका छन् ।

कार्यक्रममा मनोचिकित्सक डा वासुदेव कार्कीले डिजिटल प्रविधिलाई स्वस्थ्यकर तथा विवेकपूर्ण ढङ्गले चलाउन सके त्यसबाट हुने हिंसा तथा त्यसले उत्पन्न गराउने मानसिक असरबाट बच्न सकिने बताउनुभयो ।

साइबरविज्ञ अभिजित गुप्ताले अनलाइनमा के ‘सेयर’ गर्ने र नगर्ने बुझेर मात्र प्रयोग गर्नुपर्ने बताउँदै प्रविधिको सही प्रयोग गर्न सके हिंसाबाट बच्न सकिने बताउनुभयो । जेनजी मुभमेन्ट अलायन्सकी अभियन्ता मोनिका निरौलाले प्रविधिको फाइदा र बेफाइदा दुवै भएकाले महिलाले मात्र नभइ फरक पहिचान बोकेका समुदायले भोगेको हिंसाको पनि सम्बोधन हुुनुपर्ने बताउनुभयो ।

‘प्रविधिको सही प्रयोग गरौँः लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ आजबाट लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । यो अभियान हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १०) सम्म सञ्चालन हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला