२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेलाई निःशुल्क उपचार

१३ मंसिर २०८२, शुक्रबार १५:३१
काठमाडौँ | काठमाडौँ महानगरपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिलाई निःशुल्क स्वास्थ्योपचार प्रदान गर्ने भएको छ । जसअन्तर्गत ज्येष्ठ नागरिक, एकल महिला, हिंसामा परेका व्यक्ति, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक हिंसामा परेका जो कोही व्यक्तिहरुलाई निःशुल्क उपचार गर्ने प्रक्रिया कामपाले अघि बढाइसकेको जनाएको छ ।
यसरी उपचार गर्नका लागि कामपाले छत्रपाटी निःशुल्क चिकित्सालयसँग चालु आर्थिक वर्षका लागि सम्झौता गरिसकेको कामपाकी उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो । उहाँले पारिवारिक समस्याका कारण आफ्नो कोही नभएर उपचारमा जान नसक्नेहरू पनि महानगरपालिका छन् भन्ने महसुस हुन थाल्नु सुखद नतिजाको प्रारम्भ भएको बताउनुभयो ।
कामपाको प्रमुख प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले आवश्यक पर्नेले सजिलै सेवा प्राप्त गर्ने र सम्भावित दुरुपयोग रोक्ने प्रणालीबाट सेवा प्रवाह गर्न अस्पताललाई आग्रह गर्नुभयो ।
अस्पतालका अध्यक्ष डा मनोजमान श्रेष्ठले भन्नुभयो, “स्वास्थ्योपचारमा महत्व नदिने पाका व्यक्तिहरू उपचारका लागि आउन थाल्नु, समुदायका मानिस उपचारका बारेमा सोधखोज गर्न थाल्नु, कामपाको सहयोग प्राप्त भएको नतिजा हो ।”
सम्झौताबमोजिम कामपाका जनप्रतिनिधि, कर्मचारीहरुलाई पनि उपचार सेवा उपलब्ध हुनेछ । महिला कर्मचारी तथा जनप्रतिनिधिलाई म्यामोग्राम सेवा उपलब्ध गराइनेछ । त्यस्तै लैङ्गिक हिंसामा परेका व्यक्ति, बेवारिसे व्यक्ति, एकल महिला, अपाङ्गता भएका व्यक्ति र सिटी स्क्यान गर्नुपर्ने कर्मचारीका लागि सामाजिक विकास विभागको सिफारिस आवश्यक पर्नेेछ । यसरी गरिएको उपचार खर्च महानगरपालिकाले व्यहार्नेछ ।
उपचारका लागि महानगरपालिकाले चालु आवमा रु एक करोड ५० लाख विनियोजन गरेको छ । यसमा अस्पतालले ३० प्रतिशत थप गरेर रु एक करोड ८० लाख बराबरको उपचार सेवा उपलब्ध गराउने कामपाले जानकारी दिएको छ । सेवा लिन कर्मचारी र जनप्रतिनिधिहरुलाई परिचयपत्र, ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता कार्ड, राष्ट्रिय परिचय पत्र, नागरिकता अनिवार्य आवश्यक कामपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का