२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’

१९ मंसिर २०८२, बिहीबार १५:३५

काठमाडौँ | बिहीबार प्रसिद्ध बङ्गलामुखी दर्शन गर्न दर्शनार्थीको उसै पनि भीडभाड हुन्छ । त्यसमा पनि नेवार समुदायको ठूलो चाड योमरी पुन्हीको विशेष दिन भएकाले आज बङ्गलामुखी क्षेत्रको माहोल निकै रौनक थियो ।

योमरी चाडको अवसरमा सार्वजनिक बिदासमेत परेकाले सर्वसाधारण र तीर्थालु भक्तजनको घुइँचो हुने नै भयो । यही भीडभाडमा सङ्घीय सरकारको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल बङगलामुखी मन्दिर परिसर पुग्नुभयो ।

मन्त्री आउनेबारे स्थानीय जनप्रतिनिधिलाई कुनै जानकारी थिएन । अकस्मात मन्त्री बङ्गलामुखी क्षेत्रमा आएपछि सर्वसाधारण र जनप्रतिनिधिसमेत अच्चम्मित भए । आफ्नै टोल र चोकमा आइपुग्नुभएका मन्त्रीसँग समस्या, पीडा र अपेक्षाहरु प्रत्यक्ष राख्न पाउँदा उनीहरु प्रफुल्लित भए । “पहिला मन्त्री भेट्न सिंहदरबार जानुपथ्र्यो, तर अहिले मन्त्री नै जनता भेट्न घरदैलोमा आउनुभयो”, स्थानीय प्रणव श्रेष्ठले भन्नुभयो, “नागरिक सरकारको साँच्चिकै अनुभूति भयो । यसरी नागरिकले मन्त्रीलाई प्रत्यक्ष भेटर घर टोलमै समस्या राख्ना पाउनु राम्रो हो ।”

बङ्गलामुखी क्षेत्रको गुठीमा योमरी पुन्हीको परिकार पकाउने काममा व्यस्त स्थानीय रेणु महर्जनले एक्कासी सञ्चारमन्त्री देखेपछि दङ्ग हुनुभयो । काम गरिरहेकै स्थानमा मन्त्री आएर कुराकानी गर्दा महर्जनको मुहारमा खुसी देखिन्थ्यो । “मन्त्रीलाई प्रत्यक्ष भेट्न पाउँदा असाध्यै खुसी लागेको छ । यसरी कोही पनि मन्त्री आएका थिएनन्”, महर्जनले भन्नुभयो । सँगै काम गरिरहेकी सन्तु महर्जनलाई पनि मन्त्री भेट्दा पाउँदा औधी खुसी हुनुहुन्थ्यो ।

सिँढीमा घाम तापिरहनुभएका ८७ वर्षीय बाबुलाल महर्जनले मन्त्रीलाई आफ्नै घरमा भेटेर मन्त्रीसँग भलाकुसरी गर्न पाउँदा अनौठो लागेको बताउनुभयो । पहिला मन्त्रीहरु ठूलो पल्टिएर हिँड्ने गरेको अनुभव सुनाउँदै स्थानीय महेन्द्र महर्जनले यसरी मन्त्री घरघरै आएर जनतासँग भलाकुसारी गर्दा खुसी लागेको बताउनुभयो ।

“सिंहदरबारभित्र सबै नागरिक पुग्न सक्दैनन् । मन्त्री भेट्न सबैका लागि सजिलो हुँदैन । त्यसैले सरकार नागरिक कहाँ पुग्नुपर्छ”, मन्त्री खरेलले भन्नुभयो, “कार्यक्रमको आवरणविना, औपचारिकताविनै जब मन्त्री नागरिकको बिचमा पुग्छ, तब मात्र देशका वास्तविक समस्या, पीडा र अपेक्षा बुझ्न सकिन्छ ।”

मन्त्री खरेलले नागरिक सरकारसँँग केही माग मात्रै गर्न खोजिरहेका हुँदैनन् बरु उनीहरुसँग समाधानका सुझाव हुन्छन् भन्दै ती सुझाव सुन्ने साहस र समय सरकारसँग हुनुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यो नागरिक सरकार हो । सरकार सिंहदरबारमा मात्र सीमित छैन–सरकार त गाउँ–बस्ती, टोल–चोक र श्रमिकको पसिनामा छ । सिंहदरबार नै सरकार हो भन्ने भ्रम तोड्न अब सरकार आफैँ नागरिक कहाँ जानुपर्छ ।”

सञ्चारमन्त्री खरेलले मन्दिर दर्शनपछि स्थानीय समुदायसँग साक्षात्कार गर्नुभएको हो । उहाँले वडा ११ को कार्यालयमा जनप्रतिनिधि र सर्वसाधारणसँग सरकारले गर्नुपर्ने दायित्वबारे सुझाव लिनुभयो । जेनजी आन्दोलनको जगमा बनेको वर्तमान नागरिक सरकारले नागरिककै मुद्दा, सुझाव र सरकारले गर्नुपर्ने दायित्वका बारेमा सरकार जनताको घरदैलोमा पुगिरहेको छ ।

ललितपुर महानगरपालिका–११ का कार्यवाहक वडाध्यक्ष जुवन तण्डुकारले सङ्घीय मन्त्रीले स्थानीय जनप्रतिनिधि र सर्वसाधारणसँग साक्षात्कार गरेर जनताको नजरमा उदाहरणीय कार्य गर्नुभएको उल्लेख गर्नुभयो । उहाँले बङ्गलामुखी क्षेत्रको सडक गल्लीको तार व्यवस्थापन र सञ्चार सेवालाई प्रभावकारी बनाउन सञ्चारमन्त्रीसमक्ष माग गर्नुभयो । वडा सदस्य सचिना परियारले जनताको घरदैलोमा पुगेर मन्त्रीले जनताको गुनासो सुन्ने र सुझाव ग्रहण गर्नु प्रसंशनीय कार्य भएको बताउनुभयो ।

ललितपुर मात्र नभइ देशभरका टोल–छिमेक र समुदायमा पुगेर नागरिकका आवाज सुन्नु र तिनलाई नीतिमा रुपान्तरण गर्नु नै सरकारको दायित्व भएको मन्त्री खरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “जनताको साथ, सुझाव र विश्वासले अझै राम्रो काम गर्न प्रेरित बनाएको छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला