२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा

२० मंसिर २०८२, शुक्रबार १६:४९

काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले पार्टीको आसन्न ११औँ महाधिवेशनलाई एकताको राष्ट्रिय महाधिवेशनका रुपमा सफल बनाउनुपर्ने बताउनुभएको छ ।

प्रेस चौतारी नेपालद्वारा आज यहाँ आयोजित संवाद कार्यक्रममा उपाध्यक्ष थापाले अहिलेको विषम राजनीतिक परिवेशमा नेतृत्वका लागि प्रतिस्पर्धा गर्न थालिए पार्टी पङ्क्तिमा गुटउपगुटको अवस्था सिर्जना हुनसक्ने आशङ्का व्यक्त गर्दै आसन्न महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले जेनजी आन्दोलनपछि मुलुकमा विकसित राजनीतिक घटनाक्रमका बीच हुन गइरहेको आसन्न महाधिवेशनबाट वर्तमान अध्यक्ष केपी शर्मा ओलीले नै निरन्तरता पाउनुपर्ने पक्षमा आफू रहेको स्पष्ट गर्नुभयो । “देश र पार्टीका लागि अहिले अध्यक्ष ओलीकै नेतृत्व, विचार र क्षमता आवश्यक छ । कम्युनिष्ट आन्दोलनलाई मूलधारमा स्थापित गर्न अध्यक्ष ओलीको भूमिका रहेको छ । नेपाली कम्युनिष्ट पार्टीमा लागेकाहरु पनि एमालेकै मूलधारमा आउनुपर्छ । त्यसो हुन सकेमा आन्दोलन थप प्रभावकारी हुन्छ,” उपाध्यक्ष थापाको भनाइ थियो ।

एमालेको ११औँ राष्ट्रिय महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला