2026-09-15 06:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा काँग्रेसले केन्द्र र प्रदेशको निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्यो (सुचिसहित)

असोज २१, दाङ । नेपाली काँग्रेसले केन्द्र र प्रदेशको निर्वाचनका लागि उम्मेदवार सिफारिश गरेको छ । 

प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ दाङ निर्वाचन क्षेत्र नं. १ बाट केन्द्रीय सदस्य खुमबहादुर खड्का, पावर्ती डिसी चौधरी, सांसद सुशीला चौधरी, पूर्व सांसद कृष्णकिशोर घिमिरे र प्रदीप थापालाई सिफारिश गरेको काँग्रेस दाङले जनाएको छ । 

प्रदेशसभा अन्र्तगत क्षेत्र नं १ (क) मा प्रत्यक्षतर्फ कर्णबहादुर बुढाथोकी, जानकीलाल बस्नेत, कमलकिशोर घिमिरे, हरिहर शर्मा घिमिरे, मधु न्यौपाने र क्षेत्र नं १ (ख) प्रत्यक्षतर्फ भेषराज पाण्डे, प्रदीपराज शर्मा, नारायण बिसी र द्रोण भुसालको नाम सिफारिश भएको छ । 

त्यस्तै, क्षेत्र नं २ का लागि प्रतिनिधिसभा प्रत्यक्षका लागि राजु खनाल, अनिता देवकोटा, घनश्याम रेग्मीको नाम सिफारिश भएको छ । प्रदेशसभा सदस्य क्षेत्र नं २ (क) मा प्रत्यक्षतर्फ वीरकेशरी गौतम, खगराज पाण्डे, गिरिराज सुवेदी, गोपालराज शर्मा, कृष्णप्रसाद सुवेदी, मोहन घिमिरे र दामोदर केसीको नाम रहेको छ ।

क्षेत्र नं २ (ख) प्रत्यक्षतर्फ भरतबहादुर न्यौपाने, श्याम रेग्मी, दीपक पाण्डे, हरि रजौरिया र कुमुदराज शर्माको नाम सिफारिश भएको छ । 

त्यस्तै, दाङ क्षेत्र नं ३ प्रतिनिधिसभा प्रत्यक्षका लागि काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरी, श्रम राज्यमन्त्री डिल्लीबहादुर चौधरी, बुद्धिराम भण्डारी र राजेन्द्र धितालको नाम सिफारिश भएको छ । 

प्रदेश सभाका लागि क्षेत्र नं ३ (क) मा प्रत्यक्षतर्फ कीर्तिबहादुर खड्का, शंकर गिरी, किरण शाह, सुरेश हमाल, प्रदीप खड्का र क्षेत्र नं ३ (ख) मा प्रत्यक्षतर्फ शंकर डाँगी, केशव आचार्य, जगतबहादुर खड्का, मदन रसिक, टीका घर्ती, चूडामणि ढकालको नाम सिफारिश भएको काँग्रेस दाङले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ