२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा गौतम

२०८२, १४ पुष सोमबार १६:३८
काठमाडौँ | स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले स्वास्थ्य बीमाका प्रावधानहरू सुधार एवं परिमार्जनका लागि गृहकार्य भइरहेको बताउनुभएको छ । राष्ट्रिय सभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा आज भएको छलफलमा उहाँले स्वास्थ्य बीमालाई दिगो बनाउन विज्ञ सहितको समिति गठन गरी समस्या र चुनौतीहरू पहिचान गरी निराकरणको थालनी गरिएको बताउनुभयो ।
‘सरुवा रोग तथा नसर्ने रोगको वर्तमान अवस्था, स्वास्थ्य बीमाको कार्यान्वयन र यसको समस्या तथा चुनौतीलगायत समितिले यसअघि दिएका निर्देशनहरूको कार्यन्वयनको प्रगति अवस्था’ बारे केन्द्रित छलफलमा डा गौतमले स्वास्थ्य बीमा झन्झटिलो प्रक्रिया बनेकामा यसलाई हटाउन होइन मिलाउनमा लागिपरिरहेको बताउनुभयो ।
मन्त्री गौतमले भन्नुभयो, “स्वास्थ्य बीमा बोर्डमा आबद्ध प्रथम सेवा बिन्दुको व्यवस्थापन गर्नुपर्नेछ । बीमा ऐनको दफाहरूमा पनि धेरै परिमार्जन गर्नुपर्ने आवश्यकता छ त्यसमा पनि हामी विचार गर्देछौँ ।”
मन्त्री गौतमका अनुसार स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष लगायतसँग बृहत् छलफल गरी सुधारका कार्य द्रुत गतिमा अघि बढेको र स्वास्थ्य बीमा बोर्डको स्थायी दरबन्दीका लागि मन्त्रिपरिषद्बाट सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) लागि पूर्वस्वीकृति प्राप्त भई कार्य भइरहेको छ । यसैगरी मन्त्री गौतमले स्वास्थ्य बीमाबापत अस्पतालहरूलाई भुक्तानी हुन बाँकी सात अर्ब बक्यौता रकम अर्थ मन्त्रालयबाट निकासाका लागि पठाइएको बताउनुभयो ।
डा गौतमले स्वस्थ्य जीवनशैली तथा खानपानमा सुधार गरेर नसर्ने रोगको रोकथाम तथा नियन्त्रणमा सबैजना लाग्नुपर्ने र यसलाई थप प्रचार तथा प्रवद्र्धनको आवश्यकता औँल्याउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश